कालेबुङमा शिवकुमार राई शतवार्षिकी जन्म जयन्ती पालन, सञ्जय विष्टले भने – ‘साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 26, 2018

कालेबुङमा शिवकुमार राई शतवार्षिकी जन्म जयन्ती पालन, सञ्जय विष्टले भने – ‘साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ’


गफसफ.com, कालेबुङ 26 अप्रेल 2018

अहिलेका साहित्यकारहरू राजनीतिदेखि टाडै बस्ने गरेका छन्। तर पहिलेका साहित्यकारहरू भने सक्रिय राजनीति गर्दथे। शिवकुमार राई देखि इन्द्रबहादुर राई सम्मले सक्रिय राजनीतिमा भाग लिएका हुन्। अब उनीहरू जस्तै अहिलेका साहित्यकारहरूले पनि सक्रिय राजनीतिमा भाग लिनुपर्ने कथाकार सञ्जय विष्टले मन्तव्य प्रकट गरेका छन्। साहित्यकारहरू दुरदर्शी हुने गरेको कारण पनि सक्रिय राजनीतिमा उत्रनुपर्ने उनले विचार व्यक्त गरेका छन्।

‘पहिलेका साहित्य लेख्नेहरू सबैनै राजनीतिमा सक्रिय थिए। अहिले साहित्य लेख्नेहरू भने राजनीतिदेखि टाडा छन्। अब साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ’ सञ्जय विष्टले शिवकुमार राई शतवार्षिकी जनम जयन्ती समारोहलाई सम्बोधन गर्दै भने। कालेबुङको टाउन हलमा आयोजित शिवकुमार राई शतवार्षिकी समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित विष्टले धेरैजना साहित्यकारहरूले सक्रिय राजनीतिज्ञको भूमिका निर्वाह गरेको उदाहरण दिँदै कथाकार शिवकुमार राईले समेत आफ्ना जातिका निम्ति राजनीति गरेको बताए।

शिवकुमार राईले अखिल भारतीय गोर्खालिग पार्टीको स्थापनामा सक्रिया भूमिका निर्वाह समेत गरेको बताउँदै उनी सचेत राजनीतिज्ञ रहेको समेत बताए। भारतमा गोर्खाहरूका निम्ति एउटा ठूलो राजनैतिक दलको आवश्यक्ताको महशुस गरेर शिवकुमार राईहरूले अखिल भारतीय गोर्खालिग पार्टीको स्थपाना गरेको उनले बताए। यद्यपी उनी अभागोलीको स्थापना पछि पर्दा पछिनै परेको पनि उनले जनाए।

‘शुद्ध रूपमा राजनीति गर्नेहरू र साहित्य लेखेर राजनीति गर्नेहरूको दृष्टिकोण फरक हुन्छन्। किन भने साहित्यकारहरूको तेस्रो आँखा हुन्छन् अनि उनीहरूको तेस्रो आँखाले समाजमा अरूले देख्न नसकेका कुराहरू समेत देखेर कार्य गर्न सक्छन्। यसकारण पनि साहित्यकारहरू राजनीतिमा आउनुपर्छ भन्ने लागेको हो’ सञ्जय विष्टले अझ भने।

कार्यक्रममा क्लुनी महिला महाविद्यालयका सह-प्राध्यपक धनबहादुर मंगरले शिवकुमार राईमाथि वार्ता प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीवर्ग अनि संघ संस्थाका कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। कार्यक्रमलाई सप्तश्री ज्ञानपिठका निर्देशक तपन कुमार प्रधानले अध्यक्षता गरेका थिए। अमिर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा कालेबुङका युवा कथाकार छुदेन काबिमोलाई सम्वर्द्धना पनि जनाइएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad