हू केयर्सबाट राजीनामा दिनेहरूले बनाए ‘नमस्ते फाउण्डेशन’ अनि भने –‘ नाम बद्लियो काम उस्तै गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 30, 2018

हू केयर्सबाट राजीनामा दिनेहरूले बनाए ‘नमस्ते फाउण्डेशन’ अनि भने –‘ नाम बद्लियो काम उस्तै गर्नेछौँ’


गफसफ.com, दार्जीलिङ 30 अप्रेल

सडक किनारामा आधुनिक सभ्य समाजबाट उपेक्षित बनेर हिँडिरहेका असाहयहरूलाई सहयोग गरेर सबैको मन जित्ने ‘हू-केयर्स्’ दार्जीलिङ ‘नमस्ते फाउण्डेसन’ मा परिणत भएको छ। केही दिन अघि मात्रै उक्त हू-केयर्स् दार्जीलिङका 60 जना सदस्यहरूले सामुहिक राजीनामा दिएका थिए। सोही राजीनामा दिनेहरूले आज औपचारिक ‘नमस्ते फाउण्डेशन’ बनिएको घोषणा गरेका छन्।

‘हू केयर्समा दार्जीलिङबाट जतिजना सदस्यहरू जोड़िएर निःस्वार्थरूपमा जनसेवाको कार्य गरेका थिए, आज ती सदस्यहरूनै मिलेर नमस्ते फाउण्डेशनको गठन गरेका हुन्। हाम्रो नाउँ परिवर्तन भएको छ तर, काम उस्तै गर्नेछौँ’ पिङ्की विश्वकर्मले भनिन्। ‘हाम्रो उत्साह उस्तै छ, चाहना उस्तै छ, समाजसेवा गर्ने भावना पनि उस्तै छ’ उनले अझ भनिन्।

‘नमस्ते फाउण्डेशन’ बनिन साथै उनीहरूले आफ्नो कार्य समेत सुरु गरेका छन्। विगतमा जस्तै उनीहरूले असाहयहरूलाई सहयोग गर्ने सङ्गठनकी अध्यक्ष पिङ्की विश्वकर्मले जानकारी दिएकी छन्। नमस्ते फाउण्डेशन बनिन साथै उनीहरूले आज हेडन हलमा दार्जीलिङका लगभग 12 जना असहायहरूलाई खाना खुवाएर कार्यक्रमको शुरूआत गरेका छन्।

उनले नमस्ते फाउण्डेशनमा 9 जनाको कार्यकारी समितिको गठन गरिएको बताइन्। जसमा अध्यक्षा पिंकी विश्‍वकर्म, सचिव योगिता राई, उपाध्यक्ष मेनुका प्रधान, सल्लाहकार चन्द्रमीत लेप्चालगायत अन्य सामेल रहेका छन्। यसक्रममा हू-केयर्सबाट राजीनामा दिनेहरू सबै 60 जना सदस्य रहेको पनि जानकारी दिएकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad