मई दिवसको अवसरमा लाली गुराँसको ‘चिन्तन सङ्गोष्ठी’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 29, 2018

मई दिवसको अवसरमा लाली गुराँसको ‘चिन्तन सङ्गोष्ठी’

गफसफ.com, कालेबुङ 29 अप्रेल

लाली गुराँस समुहको आयोजनामा चिन्तन सङ्गोष्ठी सम्पन्न भएको छ। नेपाली साहित्य अध्ययन समितिको भाइचन्द प्रधन स्मृति सभागृहमा पालन गरिएको कार्यक्रममा विविध कार्यक्रम सम्पन्न भएको थियो।  

मई दिवसलाई केन्द्र गरेर पालन गरिएको चिन्तन सङ्गोष्ठीमा मई दिवसको औचित्य र आजको सान्दर्भिकता माथि चर्चा गरिएको थियो। यसक्रममा लाली गुरासँ समुहबाट छेवाङ योञ्जनले मई दिवसको औचित्यबारे बोल्दै आजसम्म श्रमिकहरू आफ्ना हक र अधिकारबारे सचेत नरहेको अनि मईदिवसबारे अनभिज्ञ रहेको बताए।

कार्यक्रममा लाली गुराँस प्रकाशनद्वारा प्रकाशित दुइवटा कृतिहरू 'रगत पसिनाको कविता' अनि 'मई दिवसको इतिहास'-को पनि विमोचन गरिएको छ। यसका साथै विभिन्न पेशाको खटिखाने मानिसका जीवनमाथि आधारित तीनवटा (वृत्तचित्र) डक्युमेन्ट्री फिल्महरू प्रदर्शन गरिएको थियो। गुड मर्निङ डम्बरचोक’, ‘पहाडकी रानीअनि पाँच हजार करोड रूपियाँको लुटशीर्षकको वृत्तचित्रमार्फत् असङ्गठित क्षेत्रका श्रमिकहरू अनि चिया श्रमिकहरूमाथि भइरहेको शोषण र उनीहरू आफ्ना अधिकारहरूदेखि वञ्चित भइरहेका यथार्थलाई प्रस्तुत गरिएको थियो। श्रमिकहरूका हक-अधिकारका निम्ति आवाज उठाउने लाली गुराँस समुहले उक्त कार्यक्रममार्फत श्रमिकहरूलाई सचेत अनि सङ्गठित हुने आह्वान गरेको थियो।

कार्यक्रममा लाली गुरासँ समुहद्वारा स्वागत गीत प्रस्तुत गरिएपछि सुरु भएको कार्यक्रममा असङ्गठित क्षेत्रका श्रमिक प्रभु दयाल लाकडा अनि पेशोक चियाकमानका दसयन्त राईले आफूहरूले भोग्न परिरहेका समस्याहरूबारे जानकारी गराएका थिए। यसक्रममा लाली गुराँस समुहकै अम्बिका राईले सम्बोधन गर्दै पुरुषहरूका तुलनामा महिला श्रमिकहरू धेर शोषित र उत्पीडित हुन परिरहेको भन्दै उनीहरूको समान अधिकारको कुरा उठान गरिन्।


यता कार्यक्रमबारे जानकारी गराउँदै लाली गुराँस समुहका सदस्य कपील तामाङले लाली गुराँसले पहिलेदेखि नै मजदुर संघर्षलाई साथ दिँदै आएको बताए। उनले मई दिवसलाई लिएर मानिसहरूमा जस्तो प्रकारको ज्ञान हुनपर्ने त्यो छैन भन्दै मजदुरहरूलाई सचेत गराउनका निम्ति नै आफुहरूले  प्रत्येक वर्ष नै चियाबगान, गाउँ, बजार आदि हरेक ठाउँमा यसकिसिमका कार्यक्रम गर्दै आएको पनि कपिल तामाङले बताए। अहिलेघरी दार्जीलिङमा ठूलो चिया उद्योग हुँदाहुँदै पनि श्रमिकहरूको अवस्था बिग्रँदै गइरहेको बताउँदै मजदुरहरूलाई एकत्रित भएमात्र यो सङ्घर्ष अघि बढ्न सकिने बताए तामाङले बताए। कार्यक्रमलाई कवि प्रदीप लोहागुणले सञ्चालन गरेका थिए भने लाली गुरासँ समुहले गीत प्रस्तुती गरेको थियो। यसक्रममा कवि पुकार राई, सन्दिप नेम्बाङ, राकेश शर्मा आदिले कविता वाचन गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad