कुकुरले टोके सरकारी जिल्ला अस्पतालमा छैन उपचार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 19, 2018

कुकुरले टोके सरकारी जिल्ला अस्पतालमा छैन उपचार


गफसफ.com. 19 अप्रेल 2018:
कसैलाई पगला कुकुरले टोके अथवा सामान्य कुकुरले नै टोकेको खण्डमा सरकारी अस्पतालमा उपचार नहुने भएको छ। किन भने अहिले सरकारी अस्पतालहरूमा कुकुरले टोक्दा लगाउने रेबिसका सुई नै उपलब्ध छैन। यो समस्या एकवर्ष अघि मात्रै बनिएको कालेबुङ जिल्ला अस्पतालको त हो। साथै जिल्लाभरीका अन्य सरकारी अस्पतालहरू पनि यो समस्याले ग्रस्त छन्। यतिमात्र नभएर दार्जीलिङ जिल्लाका सरकारी अस्पतालहरू समेत यो समस्याबाट अछुत रहन सकेको छैन।



घट्नाको उजागर आज एक व्यक्ति कुकुरले टोकेर उपचारको निम्ति कालेबुङ जिल्ला अस्पताल आएपछि भएको हो। जानकारी अनुसार भीमबहादुर राई नाम भएका एक व्यक्तिलाई कुकुरले टोकेका थिए। उनी उपचारका निम्ति सोझै कालेबुङ जिल्ला अस्पतालमा आएर आफ्नो नाउँ दर्ता गरे। त्यसपछि जब उनलाई रेबिसका सुई हान्न सिस्टरहरू कहाँ पठाइयो तब सिस्टरहरूले रेबिसको सुई नभएको कारण टिटानसका सुई हानेर पठाइदिए। रेबिसका सुई छैन भनि बिरामीले सोद्धा सिस्टरहरूले अस्पतालमा नभएको कारण बजारका दवाई दोकानहरूबाट किनेर लगाउन पर्ने जानकारी दिए। एउटा जिल्ला अस्पतालमा रेबिसका सुई समेत उपलब्ध नभएपछि बिरामी पितालाई लिएर आएका उनका छोरा मनोज राईले घट्नाबारे पत्रकारहरूलाई जानकारी गराएपछि सम्पूर्ण तथ्यको उजागार भएको हो।

‘मेरो पितालाई गाउँमा कुकुरले टोकेको थियो। सरकारी अस्पतालमा रेबिसको सुई सित्थैमा उपलब्ध हुने जानकरी थियो। यसैकारण यहाँ लिएर आएँ। तर अस्पतालमा भने कुकुरले टोक्दा लगाउने रेबिसका सुई नै छैन’ मनोज राईले पत्रकारहरूलाई भने। ‘एउटा जिल्ला अस्पतालमा रेबिसका सुई समेत नहुनु कहाँसम्मको उपलब्धि हो? के साधारण मानिसहरू कुकुरले टोक्दा रेबिसका सुई नपाएरनै मर्नुपर्ने हो?’ मनोज राईले प्रश्न गरे।

उक्त घट्नापछि पत्रकारहरूले कालेबुङ जिल्ला अस्पतालको भ्रमण गरेर जानकारी लिन पुग्दा जिल्ला अस्पतालमा गत तीन सप्ताहदेखि रेबिसका सुई नभएको पत्तो लागेको छ। यतिका दिनसम्म कुकुरले टोकेर अस्पतालमा उपचारका निम्ति आउने बिरामीहरूले बजारका दोकाहरूबाट नै सुई किनेर लगाउन परिरहेको सत्य खुलेको छ। ‘यो समस्या आजको मात्र होइन। गत तीन सप्ताहदेखि कालेबुङ अस्पतालमा रेबिसका सुई उपलब्ध छैन’ जिल्ला अस्पतालका स्वास्थ्य निरिक्षक अङ्कन सिम्लाङ्दीले भने।

उनले यो समस्या केवल कालेबुङ जिल्ला अस्पतालको मात्र नभएर दार्जीलिङ जिल्लाभरीका सरकारी अस्पतालहरूको नै समस्या हो समेत भनेका छन्। ‘डिस्ट्रिक्ट रिजर्भ स्टोरमा रेबिस भेक्सिनको अभाव भएको कारण अहिलेघरी कालेबुङ अस्पतालमा रेबिस भेक्सिन उपलब्ध हुन सकेको छैन। स्वास्थ निरिक्षक अङ्कन सिम्लान्दीले भने। ‘अस्पतालमा यो समस्या गत महिना पनि भएको थियो। त्यसबेला हामीले पेदोङ अस्पतालबाट ऋण लिएर प्रयोग गरेका थियौँ। पछि डिस्ट्रिक्ट रिजर्भ स्टोरमा नै अभाव भएपछि सुरुमा बिरामीहरूलाई अस्पतालको कोषबाट किनेर पनि दिएका थियौँ। हामीसँग पर्याप्त कोष छैन। जसको कारण हामी सधैँभरी बिरामीलाई किनेर दिन सक्दैनौँ। यसकारण हामीले जिल्ला अधिकारीलाई झट्टै दिने माग गरिसकेका छौँ’ सिम्लाङ्दीले भने।

No comments:

Post a Comment

Post Bottom Ad