
नेपाली
चलचित्र जगतमा ‘नायक’-को भूमिकामा उत्कृष्ट कला प्रस्तुत गर्ने दयाहाङ राई यसपल्ट
खलनायकको भूमिकामा देखिनेछन्। उनलाई पहिलोपटक दर्शकवर्गले खलचरित्रमा देखिने भएको
हो। निर्देशक देवकुमार श्रेष्ठद्वा निर्देशित ‘नेप्टे’-मा उनलाई खलनायकको रूपमा
देखिने छन्। सोमबार फिल्मका टोलिले सार्वजनिक गरेको ट्रेलरमा दयाहाङलाई खलपात्रमा
प्रस्तुत गरिएको छ। यसक्रममा फिल्मका नायक रोहित रुम्बाले फिल्ममा दयाहाङको चरित्र
नकारात्मक रहेको
पुष्टि गरेका छन्।

नेप्टे
आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै निर्माता रोहित रूम्बाले चलचित्र निर्माणको
निम्ति आफ्नो जग्गा बेचेको कुरा समेत सार्वजनिक गरे। ‘भक्तपुरमा रहेको डेढ रोपनी जग्गा बेचिसकेको छु । अरु जग्गा भने बन्धकी
राखेको छु । यदी ‘नेप्टे’ असफल नभए म ५
वर्ष फिल्मबाट हराउँछु । किनभने, मैले त्यो जग्गा बचाउनका
लागि अरु काम गर्नुपर्छ ‘ रूम्बाले निकै भावुक स्वरमा भने।
आर रोसफी
फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, अर्जुन
गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा,
कमलेश बराल, अरुणा कार्की, प्रनिशा सिलवाल र जयकिशन बस्नेतको अभिनय रहेको छ । आगमी चैत्र ३० गते
अर्थात् 13 अप्रेलका दिनदेखि प्रदर्शनमा आउने फिल्ममा रोहित रुम्बाको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, रोशन
श्रेष्ठको द्वन्द्व, तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र हरि घले लामाको छायाङ्कन छ।
अहिलेसम्म
नायकको भूमिकामा दर्शकवर्गको मन लोभ्याउन सफल बनेका दयाहाङ राईले ‘नेप्टे’ मा
खलनायकको भूमिका कस्तो होला भने अहिले उत्सुक्ता बडेको छ। चलचित्रको ट्रेलरमा भने उनको
प्रस्तुती निकै राम्रो देखिएको छ।
No comments:
Post a Comment