गफसफ.com.
19 अप्रेल 2018:
बलिवुडमा पुरुष अनि
महिला एक्टरबिचको फिसलाई लिएर लामो समयदेखि बहस चलिरहेको छ। धेरै एक्ट्रेसहरूले
फिसको अन्तरलाई समाप्त गर्नुपर्ने आवाज उठाउँदै आइरहेका छन्। तर यसबारे फिल्म
इन्डस्ट्रीमा सुनवाई भने आजसम्म भएको छैन। धेरै नामी एक्ट्रेसहरूमा प्रियङ्का
चोपडा,
विद्या बालन आदिले हिरो अनि होरोइनमाझमा हुने फिस अन्तर
समाप्त गर्नुपर्ने माग गरेका हुन्। उनीहरूको आवज आजसम्म कसैले सुनेको भने छैन।
बलिवुडमा हुने हिरो हिरोइनको फिस अन्तरको समाचार अहिले पुन: चर्चामा छाएको छ। उक्त
चर्चा बरुण धवन अनि कैटरिना कैफको फिसलाई लिएर चलेको हो।

नयाँ फिल्मलाई लिएर अनुवन्ध समेत भैसकेको छ। कैटरिना कैफसँग
आगामी दिनमा आउने वरुण धवनको फिल्म डान्समा आधरित हुनेछ। तर, अहिले दुईजनाको फिलमा पाउने फिसलाई लिएर खबर चर्चामा रहेको
छ। नयाँ आउने फिल्ममा एकातिर वरुण धवनले यस फिल्मका निम्ति 32 करोड पाउनेछन् भने कैटरिना कैफले केवल 7 करोड मात्र पाउनेछन्। एउटै फिल्ममा दुईजनाको फिस अत्यन्तै
फरक रहेको कारण सञ्चार माध्यममा चर्चा चलिरहेको छ।
यस फिल्मलाई रेमो
डिसूजाले निर्देशन गर्नेछन्। आउनेवाला फिल्मलाई लिएर मानिसहरूले ‘एबीसीडी’-को सिक्वेल हो भनिरहेका छन्। यद्यपी यसबारे पुष्टि भने भएको
छैन। यस फिल्ममा प्रथमपल्ट कैटरिना अनि बरुण धवनले एकसाथ काम गर्नेछन्। अहिलेसम्म
फिल्मको नाम समेत तय भने भएको छैन।
No comments:
Post a Comment