पहाडमा पुलिसी अत्याचार धेरै भएको राष्ट्रिय महिला आयोगको दावी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 17, 2018

पहाडमा पुलिसी अत्याचार धेरै भएको राष्ट्रिय महिला आयोगको दावी

‘के यो स्वतन्त्र भारत देशकै एउटा भाग हो ?’ - रेखा शर्मा 
गफसफ.com.
कालेबुङ 17 अप्रेल। ‘के यो भारत देशकै एउटा भाग हो? हामी स्वतन्त्र भारतमा नै बसिरहेका छौँ? मलाई सम्पूर्ण दृष्यहरू देखेपछि अनि पिँडीतहरूको गुनासो सुनेपछि पहाडमा गणतन्त्र छ भन्ने लागेन। स्वतन्त्र भारतमा यतिसाह्रो अत्याचार कहिल्यै देखेको थिइन उक्त कुरा राष्ट्रिय महिला आयोगकी अध्यक्षा रेखा शर्माले भनेकी हुन्।  तीन दिवसीय पहाडको भ्रमणमा आएकी शर्माले मङ्गलबार कालेबुङमा पत्रकार सम्मेलन आयोजना गरेर सम्बोधन गरिन्।

रेखा शर्मा, अध्यक्षा, राष्ट्रिय महिला आयोग 



गत वर्ष जून महिनादेखि चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा भएको 105 दिनको बन्द अवधी नारीहरू माथि भएको अत्याचारको जाँच गर्न उनी तीनदिवसीय पहाड भ्रमणमा आएकी थिइन्। आफ्नो भ्रमण अवधी पिँडीताहरूले भेटेर सम्पूर्ण अत्याचारको विवरण दिएको भन्दै पहाडमा पुलिसी अत्याचारले सिमा नाघेको उनले दाबी समेत गरिन्। ‘हामीले आपतकालको समय पनि देख्यौँ, आपतकालको बारेमा पडेका छौँ। तर, मलाई आपतकालको समयमा पनि यस्तो हालत थियो भन्ने लाग्दैन’ शर्माले भनिन्।
उनले आफुलाई दार्जीलिङ सदर आई.सीले फोन मार्फत् एउटी नारीलाई धम्काएको अनि बलत्कार गर्ने र घर जलाउने धम्कि दिएको अभियोग सँगै धेरैवटा अभियोगहरू आएपछि वास्तविक कुरा बुझ्न स्थलगत भ्रमणमा आएको पनि स्पष्ट पारिन्। उनले 105 दिनको बन्द अवधी पहाड भ्रमणमा नआउनुको कारण पनि राज्य सरकारले सहयोग नगरेकै कारण बताइन्। यसपल्ट पनि पहाड भ्रमणमा राज्यले सहयोग नगरेको भन्दै बन्दको समय झन् आफुलाई यहाँ प्रवेश गर्न दिनेथियो? भनि प्रश्न तेर्साइन्।
आफुले जाँचको क्रममा पुलिसी अत्याचारले पराकाष्ट नाघेको भन्दै बङ्गाल सरकारले यदि पहाडलाई आफ्नो भाग हो भन्छ भने यहाँ बस्ने जनतालाई सुरक्षा दिने जिम्मेवारी लुपर्छ समेत भनिन्। ‘मलाई यो स्वतन्त्र भारत नै हो भन्ने लागेन। मलाई यो भारतकै एउटा भाग हो भन्ने पनि लागेन। मलाई पुलिस जनताको सहयोगका निम्ति हुन्छन् भन्ने पनि लागेन। यहाँ आएर जाँच गर्दा एउटा अलग्गै नजरा देख्न र जान्न पाएँ’ रेख शर्माले भनिन्। ‘पुलिसले एक एजेन्टको रूपमा काम गर्दैछन् अनि उनीहरूले कहीँ सत्तापक्षबाट आदेश पाइरहेका छन्। त्यहीँ आदेशको आधारमा पुलिसले काम गरिरहेका छन्’ उनले पुलिसी अत्याचारबारे आरोप लगाउँदै भनिन्।
‘जेलमा एउटा सनो नानीसँगै राखेको आमालाई आर्म्स एक्टमा बन्द गरेका छन्। जसले अहिलेको खाना खएर बेलुकी के खाउँ भन्ने जोगाड गर्न सक्दैन त्यस्ता महिलाले कसरी आर्म्स राख्न सक्छन्? यो पुलिसले धेरै बेसी गरेको अत्याचार हो’ रेखा शर्माले भनिन्। ‘यसबारे सम्पूर्ण रिपोर्ट केन्द्र सरकारलाई बुझाउनेछु, साथ-साथै भारतका राष्ट्रपतिलाई समेत यो रिपोर्ट सुम्पनेछु’ उनले थप भनिन्। राज्य सरकारले कार्वाही गर्ने आशा नरहेको कारण नै आफुले केन्द्र अनि राष्ट्रपतिलाई रिपोर्ट सुम्पने भएको पनि उनले स्पष्ट पारेकी छन्।
उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री एकजना नारी भएको कारण उनले पहाडका पिँडीत महिलाहरूको गुनासो सुनेर न्याय दिनुपर्ने अपिल समेत गरिन्। ‘मुख्यमन्त्री आफै एक महिला हुन्। यदि उनले यहाँ आएर पिँडीतहरूसँग भेट गरेर वास्तविक रिपोर्ट उनको पनि सायद मन पग्लिनेछन्। यदि उनले साँचो मनले महिलाहरूको पिँडा सुने केन्द्रले कार्वाही गर्नुपर्छ जस्तो मलाई लाग्दैन। किन भने उनले आफै कार्वाही गर्नेछन्। यसकारण मुख्यमन्त्रीलाई अपिल गर्छु कि उनले एकचोटी आएर यी पिँडीत महिलाहरूको समस्या सुनुन् अनि कार्वाही गरून्’ राष्ट्रिय महिला आयोगकी अध्यक्षाले स्पष्ट भनिन्।
उनले आफ्नो सम्बोधनको क्रममा अत्याचारको शिकार भएके नारीहरूलाई पूर्णरूपले न्याय दिलाउनका निम्ति प्रयास गर्ने आश्वाश्वन दिँदै पिँडीतालाई न्याय दिलाउने पहिलो जिम्मा राज्यको हो भनिन्। यदि राज्यले न्याय नदिए आफु राष्ट्रपति समक्ष पुगेर न्यायको माग गर्ने स्पष्ट पारिन्।

No comments:

Post a Comment

Post Bottom Ad