सिक्किम दार्जीलिङ एकीकरण मञ्चले पाएन कालो झण्डा लगाउन; शंकरहाङ सुब्बाले भने –‘पहाडमा गणतन्त्र छैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 30, 2018

सिक्किम दार्जीलिङ एकीकरण मञ्चले पाएन कालो झण्डा लगाउन; शंकरहाङ सुब्बाले भने –‘पहाडमा गणतन्त्र छैन’


गफसफ.com, कालेबुङ 30 अप्रेल

सिक्किम दार्जीलिङ एकीकरण मञ्चले ‘शोक दिवस’ पालन गर्न पाएन। केही वर्षदेखि 30 अप्रेलका दिन कालो झण्डा फहराएर ‘शोक दिवस’ मनाउने सिक्किम दार्जीलिङ एकीकरण मञ्चले यसवर्ष भने केही गर्न पाएन। प्रशासनले कालोझण्डा लगाउने कार्यमा गिद्दे नजर गाडेपछि उनीहरूले  घोषणा गरेर पनि पहाडभरी कालो झण्डा लगाउन नपाएको हो।


30 अप्रेल 1954 का दिन दार्जीलिङ पहाडको भू-भाग पश्चिम बङ्गालमा गाभिएको विरोध गर्दै सिक्किम दार्जीलिङ एकीकरण मञ्चले यस दिनलाई ‘शोक दिवस’ को रूपमा केही वर्षयता पालन गर्न थालेको हो। त्यहीँ अनुरूप आज उनीहरूले पहाडभरीनै कालो झण्डा फहराएर ‘शोक दिवस’ पालन गर्ने घोषणा गरे पनि आखिरमा कहीँ पनि झण्डा भने फहराउन पाएनन्।

कालेबुङको अलगडा, पेदोङ आदि क्षेत्रबाट कालो झण्डा लगाउने कार्य आरम्भ हुन साथ पुलिसले झण्डा लगाउनेहरूलाई पक्राउ गरेर सोधपुछ गरेपछि कहीँ पनि झण्डा लगाउन पाएनन्। सिक्किम दार्जीलिङ एकीकरण मञ्चका केही कार्यकर्ताहरूले आईतबार दिउँसो अलगडा, पेदोङ आदि क्षेत्रबाट कालो झण्डा लगाउने कार्य आरम्भ गरेको थियो। उक्त खबर पाउन साथ पुलिस प्रशासन सक्रिय बनेर झण्डा लगाउनेहरूलाई तत्कालै पक्राउ गरेर कालेबुङ थानामा सोधपुछका निम्ति ल्याइएको थियो। जसको कारण आज शहरमा झण्डा लगाएर शोक दिवस पालन गर्न कार्यक्रम हुन सकेन।  

कालो झण्डा फहराएर शोक दिवस पालन गर्न नसकेपछि सिक्किम दार्जीलिङ एकीकरण मञ्चका सचिव शंकरहाङ सुब्बाले पत्रकार सम्मेलन गरेर ‘पहाडमा गणतन्त्र छैन’ भनेका छन्। ‘30 अप्रेल 1954 का दिन दार्जीलिङलाई बङ्गालमा गाभेको कारण यो दिनलाई प्रतिवादको रूपमा शोक दिवसको रूपमा पालन गर्दै आइरहेका छौँ। यसैले आज शोकदिवस पालन गर्न ऐनशृङ्खला र शान्तिशृङ्खला भङ्ग नगरी कालो झण्डा लगाउने कार्य गर्दा प्रशासनिक हस्तक्षेप भएर हाम्रा कार्यकर्ताहरूलाई पक्राउ गर्‍यो। गण्तन्त्रमा यो कालो झण्डा लगाएर विरोध गर्न नपाउनु दुर्भाग्यपूर्ण हो’ शंकरहाङ सुब्बाले भने। ‘दार्जीलिङ भू-भाग कद्दाप्पी बङ्गालको होइन। बङ्गालले दमन नीति अप्नाएर आफ्नो बनाउने कुचेष्ट गरिरहेको छ’ उनले अझ भने।

उनले आजको दिनलाई शोकदिवसका रूपमा पालन गर्दै कालो झण्डा लगाउन खोज्दा आफ्ना कार्यकर्ताहरूलाई पुलिसले पक्रेर थानामा ल्याएर सोधपुछको कार्य गरेको आरोप लगाउँदै प्रशासनको कार्यप्रति आपत्ति समेत जनाएका। ‘जबसम्म बङ्गालसँग छुट्टिन्दैनौ तबसम्म हामी हाम्रो कार्य जारी राख्नेछौँ।’ सुब्बाले थप भने।

No comments:

Post a Comment

Post Bottom Ad