विमल पन्थी रोयल राई देशद्रोहको मुद्दामा पक्राउ, न्यायालयले पठायो 10 दिनको पुलिस रिमान्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 26, 2018

विमल पन्थी रोयल राई देशद्रोहको मुद्दामा पक्राउ, न्यायालयले पठायो 10 दिनको पुलिस रिमान्डमा


गफसफ.com, कालेबुङ 26 अप्रेल 2018

वितेको वर्ष गोर्खाल्याण्ड आन्दोलनको क्रममा हात हतियारसँगै बिस्पोटक पदर्थ थुपारेको आरोपमा कालेबुङ पुलिसले रोयल राईलाई (32) पक्राउ गरेको छ। साक्योङ पेदोङबाट पक्रा परेका राईलाई आज कालेबुङ न्यायालयमा पेश गरिएपछि 10 दिनको पुलिस रिमान्डमा पठाइएको छ। पुलिसले उनलाई न्यायालयमा 14 दिनको पुलिस रिमान्डको अर्जी चडाएको थियो। तर, न्यायालयले केवल 10 दिनको रिमान्ड स्वीकार गरेको छ।


उनीलाई पुलिसले गत 13 अक्टोबर 2017 का दिन पेदोङको साक्योङबाट उद्धार गरेको बिस्फोटक पदार्थ सँगै हात हतियार थुपारेको विरुद्धमा पक्राउ गरेको हो। तत्कालिन कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवको नेतृत्वमा पेदोङको साक्योङबाट पुलिसले सुमन छेत्री अनि बुद्ध राईको घरमा छापा मार्दा धेरै मात्रमा विस्फोटक सामाग्रीसँगै बन्दुक समेत उद्धार गरेको थियो। त्यसबेला पुलिसले 12 एम् एम् को 4 वटा गन, एउटा देशी पिस्तोल, 400 ग्राम को 22 वटा अनि 150 ग्रामको 22 वटा प्याकेट पावर जेल नामक बिस्फोटक उद्धार गरेको थियो। सोही हतियारहरू थुपारेको आरोपमा रोयल राई विरुद्ध पनि पुलिसले देशद्रोहको मुद्दा समेत दर्ता गरेको थियो भने उक्त घट्नापछि राई लापत्त भएका थिए।

घट्नापछि लापत्त बनेका राईलाई पुलिसले रातीको समयमा गोप्य सूचनाको आधारमा छापा मारेर साक्योङ पेदोङबाटै पक्राउ गरेको छ। उनी विरुद्ध पुलिसले 13 अक्टोबर 2017 का दिननै भारतीय दण्ड संहिताको विभिन्न धाराहरूसँगै देशद्रोहको मुद्दा समेत दर्ता गरेको छ। प्राप्त जानकारी अनुसार उनिविरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 120 B/121/122/ IPC r/w/s 3/4 Explosive Substance Act  r/w/s 25/35  Arms Act  r/w/s  15/16/18/18A/18B UAPAct अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad