आसारामलाई आजीवन कारावासको सजाय : बलत्कारको आरोपमा पक्रा परेका थिए बाबा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 25, 2018

आसारामलाई आजीवन कारावासको सजाय : बलत्कारको आरोपमा पक्रा परेका थिए बाबा


गफसफ.com, जोधपुर 25 अप्रेल 2018

कथावाचक आसारामलाई जोधपुर कोर्टले नाबालिकलाई बलत्कार गरेको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। यसका साथै उनका राजदरवारका सहयोगी शिल्पी अनि शरत चन्दरलाई पनि दोषी ठहर गर्दै 20-20 वर्षको जेल सजाय सुनाएको छ। 
अर्कोतर्फ प्रमुख सेवादार शिवा अनि रसोइया प्रकाशलाई कोर्टले दोषी प्रमाणित नहुँदा छुटकारा गरिदिएको छ। वर्ष 2013 मा आसाराम विरुद्ध उत्तर प्रदेश  शाहजहाँपुर निवासी एकजना नाबालिकले बलत्कारको सनसनीपूर्ण आरोप लगाएकी थिइन्।

77 वर्षिय आसाराम बाबाको वास्ताविक नाम आसुमल थाउमल हरपलानी भए पनि उनी आसाराम कै नाउँले परिचित छन्। अदालतले बलत्कारको आरोपमा आजीवन कारावासको सजाय सुनाएपछि अब उनले रह जिन्दगी कारागारमा नै बिताउनु पर्नेछन्न्यायाधिश मधुसुधन शर्माले जस्तो आशारामा बाबुलाई सजाय सुनाउनसाथ उनी रून लागेका थिए। अनुआहर एकाएक उदास बनाएअनि आँसु खसाएर रून थाले। यस भन्दा अघि उनलाई जब न्यायाधिशले उनलाई दोषी ठहराएका थिए त्यसबेला उनी हाँसेर रामा नाम जप्न लागेका थिए। उनले आफ्नो उमेरको ख्याल गर्दै न्यायाधिशलाई मामुली सजायको अपिल गर्दै आफ्ना वकिललाई केही बोलिदिने आग्रह नै गरे।

यता आसारामको सजायलाई लिएर आश्रामका प्रवक्ता निलम दुबेले उच्च अदालतमा अपिल गर्ने भएको जानकारी दिएका छन्। जोधपुर जेलमा अस्थायीरूपले बनिएको अदालतबाट नै आसारामलाई आजिवन कारावासको सजाय सुनाइएको हो। उनको मुद्दालाई मोठ 14 जना वकिलहरूले मुद्दा लडिरहेका थिए भने यता पिँडीत नाबालिकको पक्षमा केवल 2 जना मात्र सरकारी वकिलहरूले मुद्दा लडेका थिए। यता आसारामलाई आजिवान कारावसको सजायको घोषणा हुनसाथ पीडित नाबालिकले क्षतिपूर्तिको माग गर्दै न्यायालयलाई अर्जी चडाएकी छन्।

आसारामलाई दोषी प्रमाणित गरिएपछि उनलाई सजाय दिइएको छ। यसले हामीलाई न्याय मिलेको छ। यो न्यायाको लडाईँमा हामीलाई साथ दिने सम्पूर्ण मानिसहरूलाई आभार प्रकट गर्दछौँ’ पीडित नाबालिकका पिताले भने।

रातभरी चिन्तमा थिए आसाराम

बितेको रात आसाराम जोधपुरको सेन्ट्रल जेलमा सुत्न समेत सकेनन्। कोर्टको फसेलालाई सोंचेर उनी रातभरी चिन्तामा थिए। उनी धेर रातीसम्म जेलभित्र टोलाइरहेका थिए। आश्रामबाट आशारमको निम्ति खाना आए पनि उनले खाना सदाझैँ खाएनन्। 

उपचारका निम्ति आश्राम आएकी थिइन् पीडिता

आसारामलाई आश्रममा उपचारका निम्ति आएकी 16 वर्षकी नाबालिकलाई बलत्कार गरेको आरोप लागेको हो। पीडित परिवार अनुसार 5 वर्ष अघि पीडित परिवारका सदस्यले आफ्ना 2 जना नानीहरूलाई आसारामको चिन्दवाडाको गुरुकूलमा अध्ययनको निम्ति भर्ना गरेको थियो। 7 अगस्त 2013 का दिन पीडिताको पितालाई चिन्दवाडा गुरुकूलबाट आफ्नो छोरी बिरामी भएको खबर प्राप्त गरेका थिए।

कुटिमा बोलाएर बलत्कार गरेको आरोप

अघिल्लो दिन जब पीडिताको आमा-बाबा गुरुकूल पुगे। उनीहरूलाई आफ्ना छोरीलाई भूतप्रेतको छाँया परेको जानकारी दिइएको थियो। जसलाई आसारामले मात्र निको पार्ने भनिएको थियो। 14 अगस्तका दिन उनीहरू आसारामलाई भेट्न जोधपुर आश्राममा पुगे। 15 अगस्तका बेलुकी पीडितालाई निको बनाउने बहनामा आसारामले आफ्नो कुटीमा बोलाएर बलत्कार गरेका थिए।

दिल्लीमा दर्ता गरिएको थियो मुद्दा

आफ्ना छोरीलाई आसारामको आश्राममा छोडेर मातापिता घर फर्किएपछि 17 अगस्तका दिन पीडित नाबालिकले आफ्ना परिवारलाई सम्पूर्ण कुराकानी भनेको थियो। यहीँ समयमा उनीहरूले 18 देखि 20 अगस्त सम्म आसारामले दिल्लीको रामलिला मैदानमा शिविर गर्ने जानकारी पनि पाएका थिए। त्यसपछि सम्पूर्ण परिवार सोझै दिल्ला पुगे अनि उनीहरूले रामलिला मैदान नजिक रहेको मार्केट थानामा मुद्दा दर्ता गरे।

इन्दोर आश्रामबाट भएको थियो गिरफ्तार

दिल्लीमा जिरो एफ.आई.आर दर्ता गरिएको थियो। त्यसपछि यो मुद्दालाई जोधपुर स्थान्तरण गरिदिएको हो। तरजोधपुर पुलिसले आसारामलाई पक्राउ गर्न भने डराएको थियो। त्यसक्रममा पीडित परिवारले हार मानेनन् अनि मिडियामा खबर आउन थालेपछि सरकार अनि पुलिस समक्ष दबाव बडेको थियो। जसको कारण 16 दिनपछि आसारामलाई एन्दोर आश्रामबाट गिरफतार गरिएको हो।  

No comments:

Post a Comment

Post Bottom Ad