पत्रकार कुटपिटको घट्नालाई दार्जीलिङ प्रेस गिल्डले जनायो विरोध; लेख्यो मुख्यमन्त्रीलाई पत्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 11, 2023

पत्रकार कुटपिटको घट्नालाई दार्जीलिङ प्रेस गिल्डले जनायो विरोध; लेख्यो मुख्यमन्त्रीलाई पत्र

गफसफ, दार्जीलिङ, 11 अक्टुबर।    

पत्रकारद्वय मनोज बोगटी र उमेश दर्जीमाथि भएको आक्रमणको दार्जीलिङ प्रेस गिल्डले घोर भर्त्सना जनाएको छ। उक्त घट्नालाई लिएर आज प्रेस गिल्डको एक आपतकालिन वैठक समेत सम्पन्न भयो। समाचार सङ्कल गर्न गएका पत्रकारहरू माथी आक्रमण गरिनु अत्यन्त्यै दुर्भाग्यपूर्ण रहेको बताउँदै उक्त घट्नाका दोषीहरूलाई प्रशासनले झट्ट पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग पनि दार्जीलिङ प्रेस गिल्डले राखेको छ। 


उक्त घट्नालाई लिएर प्रेस गिल्डले भर्त्सना गर्दै पत्रकारहरूमाथि हात लगाउनु उचित नरहेको बताएको छ। घट्नाको विरोधमा र्जीलिङ प्रेस गिल्डले आज नै दार्जीलिङ सदर थाना, दार्जीलिङ र कालेबुङका जिल्लापाल, पुलिस अधीक्षकहरूका साथै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई पनि पत्र पठाएको छ। उक्त पत्रमा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै दोषीहरूलाई कानुनी कार्वाही झट्ट गर्नुपर्ने माग समेत गरेको छ। आगामी दिनमा पत्रकारहरूमाथि यस्तो घट्ना दोहोरिए कठोररूपमा विरोध जनाउने पनि गिल्डले निर्णय लिएको छ।


No comments:

Post a Comment

Post Bottom Ad