पत्रकारहरूले प्रोपोगाण्ड गर्नु हुँदैन, नहुनुपर्ने घट्ना भयो यसको निम्ति क्षमा चाहन्छु – अनित थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 11, 2023

पत्रकारहरूले प्रोपोगाण्ड गर्नु हुँदैन, नहुनुपर्ने घट्ना भयो यसको निम्ति क्षमा चाहन्छु – अनित थापा

गफसफ, कालेबुङ, 11 अक्टोबर।    

पत्रकारद्वय मनोज बोगटी र उमेश दर्जीमाथि भएको आक्रमणको सन्दर्भमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आफ्नो प्रतिक्रिया दिएका छन्। आज ‘द हिमाल वर्ल्ड’-ले पत्रकार कुटपिटको घट्नाबारे अनित थापासँग टेलिफोनिक सम्पर्क गर्दा आफ्नो प्रातिक्रिया दिएका छन्। 



अनित थापाले पत्रकारद्वय मनोज बोगटी र उमेश दर्जीलाई भएको कुटपिट घट्ना आफु गेलखोलाबाट हिँडेर टिस्टा पुगेपछी मात्र थाह भएको स्पष्टिकरण दिँदै “यस्तो घट्ना मलाई मनपर्दैन र यस्तो घट्ना हुनु हुँदैन’ भनेका छन्। उनले नघट्नुपर्ने घट्ना घटिहालेको भन्दै

“पत्रकारको नाममा प्रोपोगाण्डको मुखुण्डो लगाएर पत्रकारितालाई नै बदनाम गर्ने कार्य एकदुई जना पत्रकारहरूले गरिरहेका छन्” अनित थापाले भनेका छन्। उनले पत्रकारहरूले आफ्नो आलोचना गरेर आफ्ना गल्तीहरू सच्चाउने बाटो समेत देखाएको भन्दै केही पत्रकारहरूले भने प्रोपोगाण्ड फैलाउने कार्य गरिरहेको समेत आरोप ‘द हिमाल वर्ल्ड”-सँगको कुराकानीमा भनेका छन्।  

“एउटा पत्रकारको मुखुण्डो लगाएर प्रोपोगाण्ड गर्दै समाजमा उक्साउने परिवेश भइरहेको छ’ अनित थापाले भनेका छन्। यसक्रममा उनले उक्त आक्रमणको घट्नालाई आफ्नो समर्थन नरहेको भन्दै सबै मानिसमा आफूमा जस्तो सहनशिलता नहुने पनि बताएका छन्।

“यो घट्ना राम्रो भएन। यो घट्नाको म विरोध गर्छु” अनित थापाले घट्नाको विरोध गर्दै उक्त घट्ना हुँदा आफ्नो उपस्थिति भएको भए आफुले त्यस घट्ना हुन नदिने थिएँ समेत भनेका छन्। यसक्रममा बारम्बार उनले ‘एकदुई जना मुखुण्डो लगाएका पत्रकार’ भन्दै मनोज बोगटी र उमेश दर्जीहरूले पत्रकारिताको नाउँमा प्रोपोगाण्ड मच्चाउन खोजेको नाउँ नलिई आरोप समेत लगाएका छन्। यद्यपी उनले मनोज बोगटी र उमेश दर्जीले पत्रकारिताको कार्य गर्दै आए पनि उनीहरूले आफूले जे नै भन्दा पनि आफुमा सहनशिलता भएको कारण सहेर बसेको भन्दै अन्यमा भने त्यो सहनशिलता नहुँदा यसरी आक्रमण हुने कुरालाई नकार्न नसकिने बताएका छन्।

उनले यस्ता घट्नाहरू भविष्यमा नहुनुपर्ने भन्दै  सभ्य समाज निर्माणको निम्ति यस्तो घट्ना हुनु नहुने पनि अनित थापाले भनेका छन्। यसक्रममा उनले “पत्रकारिता र प्रोपोगाण्ड बेग्ला बेग्लै हो” भनेका छन्। “यस्तो घट्ना घट्नु हुँदैन। यो नहुनुपर्ने भयो। यसको निम्ति म क्षमा पनि माग्छु। पार्टी कर्मीहरूले गरेका छन् भने उनीहरूलाई हामी अनुशासनात्मक कार्वही पनि गर्नेछौँ” अनित थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad