चिया कमानमा पूजा बोनसको चर्चामाझ बन्सल ग्रुपका प्रबन्धकहरूले ठोके सुइँकुच्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 29, 2022

चिया कमानमा पूजा बोनसको चर्चामाझ बन्सल ग्रुपका प्रबन्धकहरूले ठोके सुइँकुच्चा

सभासद बिनय तामङले सरकारलाई हस्तक्षेप गर्ने लगाए गुहार

दार्जिलिङ, 29 सेप्टेम्बर, 2022

बन्सल ग्रुपका दशवटा बगानहरूका प्रबन्धकहरू अनि सह-प्रबन्धकहरू हिज राती नै बगानहरूबाट भागेको खबर प्राप्त भएको छ ।बन्सल ग्रुपका मालिकद्वय श्री सन्जय बन्सल अनि श्री अनिल बन्सलमाथि साथै उनीहरूको गतिविधिमाथि कडा निगरानी राखिदिने म प्रशासनलाई अनुरोध गर्दछुउक्त कुरा  सभासद बिनय तामङले एक प्रेस बिज्ञप्ती जारी गरेर भनेका हुन्। 



अहिलेघरी दार्जिलिङ पहाडका चिया कमानहरूमा 20 प्रतिशत पूजा बोनसको माग चलिरहेको समयमा बन्सल कम्पनीका मालिकहरूले भने सुइँकुच्चा ठोकेको तामङले प्रेस बिज्ञप्ती जारी गरेर बताएका हुन्। यसक्रममा उनले यस विषयमा पश्चिम बङ्गाल सरकारलाई समेत हस्तक्षेप गर्ने माग गरेका छन्।

‘पश्चिम बङाल सरकारलाई यस विषयलाई  महत्व दिदै हस्तक्षेप गरिदिने अनुरोध टक्राउँदछु  साथै १० वटा बगानहरूका श्रमिकहरूलाई   सरकारद्वारा "दशहरा आर्थिक अनुदान" प्रदान  गरिदिनेछ भनी म आशावादी छु’ तामङले भनेका छन्। यसका साथै उनले बन्सल ग्रुपसित संलग्न रहेका अन्य व्यक्तिहरूमाथिपनि प्रशासनको कडा निगरानी रहोस् भनी प्रशासनलाई निवेदन  गरेका छन्।

‘यी १० वटा बगानहरूका कारखानाहरू अनि बङलोहरूमाथि हाम्रा स्थानीय  जनताले पहरा दिनुहोला अनि रात्री समय बगानहरूका कारखानाहरू अनि बङ्लोहरूमा सन्देहजनक व्यक्तिहरू वा गाडीहरूको आगमन वा ओहोरदोहोर भए नजीकका पुलिस थाना अनि प्रशासनलाई सुचित गरिदिने अनि शान्ति श्रृंखला भंग नगरिदिने साथै कानुन व्यवस्था बनाइ राखिदिने अपील गर्दछु’ तामङले बिज्ञप्तीमा लेखेका छन्।

यसक्रममा उनले उक्त विषयमा सबै राजनैतिक दलहरूले यस विषयहरूमा राजनीतिको रोटी सेक्ने काम नगरिदिने अनि यस जटिल घडीमा सबै एक भएर श्रम शोषणको विरुद्धमा अघि आएर श्रमिकहरूको हित, भलाई र सुरक्षाको निम्ति लडिदिनेपनि अपिल समेत गरेका छन्।

‘श्रम शोषणले सीमा नाघेकोले वातचीतद्वारा यदि समस्याको समाधान हुँदैन भने अनि आवश्यकता परे यस्ता मालिकहरू विरुद्ध माननीय उच्च वा सर्वोच्च न्यायलयमा मुद्दापनि दायर गर्नुपर्ने म ठान्दछु” सभासद बिनय तामङले भनेका छन्।


No comments:

Post a Comment

Post Bottom Ad