दार्जीलिङ हिल युनिभर्सिटीमा पहिलो सत्रको खुल्यो भर्ना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 23, 2021

दार्जीलिङ हिल युनिभर्सिटीमा पहिलो सत्रको खुल्यो भर्ना

गफसफ.com, कालेबुङ, 23 नोभेम्बर 2021।

दार्जीलिङ हिल युनिभर्सिटिको विभिन्न विभागहरूको अध्यापन अगामी सत्रदेखी सुरु हुने भएको छ। जसको निम्ति युनिभर्सिटिले क्रमैले अङ्ग्रेजी, राजनैतिक शास्त्र, नेपाली, इतिहास, मास कम्युनिकेसन अनि म्याथमेटिक्स् विषयमा एम.ए अनि एम.एस.सीको निम्ति अनलाइन आवेदन मागेको छ। 

विद्यार्थीवर्गले दार्जीलिङ हिल युनिभर्सिटीबाट यी छवटा विषयहरूमा भर्ना गर्न आगामी 24 नोभेम्बर 2021 देखी 8 दिसम्बर 2021 का दिनसम्म अनलाइन आवेदन भर्न सक्नेछन्


युनिभर्सिटीले जारी गरेको बिज्ञापन अनुसार पहिलो सत्रको अध्ययनको निम्ति छवटा विषयहरूमा नै 20 वटा स्थान राखेको छ। जसको निम्ति विद्यार्थीहरूले अनलाइन आवेदन गर्न सक्नेछन्। चारवटा सत्रमा विभाजित एम.ए. अनि एम.एस.सी गर्न चाहने विद्यार्थीवर्गले दार्जीलिङ हिल युनिभर्सिटीबाट म्याथमेटिक्समा एम.एस.सी गर्नलाई पहिलो सत्रमा केवल 813 रूपियाँ शुल्क तिर्न पर्नेछ भने, एम.ए मास कम्युनिकेसन गर्नलाई 10020 रूपियाँ लाग्ने भएको छ। यसका साथै  अङ्ग्रेजी, नेपाली, हिस्ट्री अनि पोलिटिकल साइन्स विषयमा एम.ए गर्नलाई भने पहिलो सत्रमा केवल 674 रूपियाँ शुल्क लाग्ने भएको छ।

 

अधिक जानकारीका निम्ति www.dhuniv.in मा हेर्न सक्नुहुनेछ।

No comments:

Post a Comment

Post Bottom Ad