वरिष्ठ साहित्यकार नरबहादुर दहाललाई ‘दान खालिङ साहित्य सम्मान -२०२१' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 4, 2021

वरिष्ठ साहित्यकार नरबहादुर दहाललाई ‘दान खालिङ साहित्य सम्मान -२०२१'

गफसफ.com, ४ दिसम्बर २०२१, सिलगढी। वरिष्ठ साहित्यकार नरबहादुर दहाललाई ‘दान खालिङ साहित्य सम्मान -२०२१' प्रदान गरिने भएको छ। सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रत्येक वर्ष संस्थानको स्थापना दिवस, गिरी जयन्ती तथा दान खालिङ जयन्तीको अवसर पारी दिसम्बर २६ तारिखका दिन प्रदान गरिने दान खालिङ साहित्य सम्मानका निम्ति वरिष्ठ साहित्यकार नरबहादुर दहाललाई चयनित गरिएको संस्थानको पक्षबाट एक प्रेस विज्ञप्ती जारी गरि जानकारी गरिएको छ। 


उक्त पुरस्कारको ननिम्ती उपयुक्त साहित्यकारको नाउँ छनोट गर्न गठन गरिएको चयन समितिको बैठक क्याफे ट्विन्स, सालबारी, सिलगडीमा बसेको थियो। समितिको बैठकद्वारा यस वर्षको ‘दान खालिङ साहित्य सम्मान -२०२१' साहित्यकार श्री नरबहादुर दाहाललाई प्रदान गर्ने निर्णय सर्वसम्मतिले लिइएको जानकारी गराइएको छ। उक्त पुरस्कर आगामी २६ दिसम्बर २०२१ का दिन उक्त प्रदान गरिने भएको छ।

सम्मानका रूपमा अङ्गवस्त्र, स्मृति चिह्न र नगद राशी रू. २०,०००/-(बीस हजार रूपिया) खालिङ परिवारका वरिष्ठ सदस्यका बाहुलीबाट प्रदान गरिने छ। उक्त चयन समितिका सदस्यहरू साहित्यकार मोहन ठकुरी, डा राजकुमारी दाहाल अनि प्रो बिनेश प्रधान थिए। सभामा संस्थानका तर्फबाट अध्यक्ष  वासुदेव पुलामी संयोजकका रूपमा उपस्थित रहेका थिए। 

No comments:

Post a Comment

Post Bottom Ad