“जनताको स्वास्थ पहिलो प्राथमिकता हो” - विधायक रूदेन सादा लेप्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 13, 2021

“जनताको स्वास्थ पहिलो प्राथमिकता हो” - विधायक रूदेन सादा लेप्चा

गफसफ.com, 13 मई 2021, कालेबुङ

कालेबुङका विधायक रूदेन सादा लेप्चाले कोरोना सङ्क्रमणको बड्दो अवस्थमा स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएका छन्।  जनताको निम्ति अहिलेघरी स्वास्थ्य सेवा पहिलो प्राथमिकता रहेको कारण नै उनले आज आफ्नो  पहिलो आधिकारिक भ्रमण कालेबुङ जिल्ला अस्पतालबाट सुरु गरेका छन्। यसक्रममा उनले जिल्ला अस्पतालमा बड्दो कोरोना सङ्क्रमणको कारण जनसाधारण सँगै स्वास्थ्यकर्मीहरूले भोग्न परिरहेको समस्याबारे चर्चा गरेका छन्। यसका साथै उनले त्रिवेणीमा अवस्थित कोभिड अस्पतालको परिभ्रमण गरेर त्यहाँको अवस्थाबारे पनि जानकारी लिएका छन्।



हाल बड्दो कोरोना सङ्क्रमणको कारण अस्पतालहरूमा बेडहरूको कमी, मानव संसाधन लगायत अन्य आवश्यक स्वास्थ्य उपकरणहरूको कमीबारे पनि उनले उचित पदक्षेत्र ग्रहण गर्दै कोरोना जाँचको निम्ति रिपोर्ट चाँढै प्राप्त गर्नका निम्ति अबउसो कालेबुङ जिल्ला अस्पतालमा नै टेस्टिङ ल्याब सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन्। यसका साथै उनले कालेबुङका जनताको पक्षमा स्वास्थ्य सेवालाई दुरुस्त पार्न राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई समेत पत्रचार गरेर आवश्यकीय कार्यहरू अघि बडाउने जानकारी दिएका छन्।


विधायक रूदेन सादा लेप्चाले के-के भने हेर्नुहोस् भिडियोमा ...

No comments:

Post a Comment

Post Bottom Ad