दार्जीलिङ जिल्ला अस्पतालको दयनीय अवस्था हुनुमा जीटीए प्रशासन र मुख्यमन्त्री ममता ब्यानर्जी जिम्मेवार – राजु विष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 13, 2021

दार्जीलिङ जिल्ला अस्पतालको दयनीय अवस्था हुनुमा जीटीए प्रशासन र मुख्यमन्त्री ममता ब्यानर्जी जिम्मेवार – राजु विष्ट

गफसफ.com, 13 मई 2021, दर्जीलिङ

दार्जीलिङ लोकसभा क्षेत्रका भाजपा सांसद राजु विष्ट अनि भाजपा विधायकद्वय निरज जिम्बा अनि बीपी बजगाईँको प्रतिनिधी टोलिले दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य निरिक्षकसँग भेटघाट गरेका छन्। यसक्रममा उनीहरूले दार्जीलिङ जिल्ला अस्पतालको अवस्था र वर्तमान कोरोना सङ्क्रमणको कारण मानिसहरूले भोग्न परिरहेका अवस्थाबारे जानकारी लिएका थिए। यसै अवसरमा सांसद राजु विष्टले आफुहरूको पक्षबाट दार्जीलिङ जिल्ला अस्पताललाई 2 वटा अक्सिजन कन्सन्टेटर, पीपीई किट लगायत फेस माक्स प्रदान गरेका छन्। 



उनले दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य निरिक्षकसँग भेटघाट गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा जिल्ला अस्पतालको अवस्थाप्रति जिटिए प्रशासन अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दोषी रहेको आरोप लगाएका छन्। दार्जीलिङ जिल्ला अस्पतालमा पर्याप्त मात्रमा जनताको निम्ति स्वास्थ्य सुविधाहरूको कमी हुनको मूल कारण नै जीटीए प्रशासन र बङ्गालकी मुख्यमन्त्री रहेको भन्दै आफूहरू हरदम जनताको हितमा रहयोग गर्न तयार रहेको समेत बताएका छन्। 


सांसद राजु विष्टले के-के भने हेर्नुहोस् भिडियोमा ...

No comments:

Post a Comment

Post Bottom Ad