ICSE अनि ISC बोर्ड परीक्षाको घोषणा: यसवर्ष परिक्षार्थीहरूले कोभिड प्रोटोकल पालन गर्दै अफलाइन परीक्षा लेख्न पर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 1, 2021

ICSE अनि ISC बोर्ड परीक्षाको घोषणा: यसवर्ष परिक्षार्थीहरूले कोभिड प्रोटोकल पालन गर्दै अफलाइन परीक्षा लेख्न पर्ने

गफसफ.com, 01  मार्च 2021, कालेबुङ ।

आईसीएसई बोर्डले वर्ष 2021 को ICSE (Class X)  अनि ISC (Class XII) परीक्षाको घोषणा गरेको छ। कोरोना भाइरसको कारण वर्ष 2021 को बोर्ड परीक्षाबारे अहिलेसम्म कुनै घोषणा हुन नसकेको अवस्थामा आज मात्रै बोर्डका मुख्य कार्यकारी एवम् सचिव गेरी एराथोनले यसवर्ष हुने बोर्ड परीक्षाको घोषणा गरेका छन्।


विगत वर्ष कोरोना भाइरसको प्रक्रोपले सम्पूर्ण विश्वलाई नै चपेटमा लिएपछि आईसीएसई बोडले रहल कतिपय विषयका परीक्षा समेत रद्द गरेको थियो। सोहीक्रममा यसवर्ष पनि कोरोना भाइरसको प्रकोप अझै पनि जारी रहेको अवस्थामा बोर्डले परीक्षाबारे कुनै निर्णय लिएको थिएन। आखिर आज मात्रै यसवर्षको बोर्ड परीक्षा अफलाइन नै परीक्षार्थीहरूले लेख्न पर्ने भएका छन्।

बोर्डले घोषणा गरे अनुसार यसवर्षको को ICSE (Class X) परीक्षा आगामी मई 5 देखि सुरु हुनेछ भने भने 7 जुनको दिन समाप्त हुनेछ। यसरी नै ISC (Class XII) बोर्ड परीक्षा आगामी 8 अप्रेल देखि सुरु हुनेछ भने 16 जुनको दिन समाप्त हुने भएको छ। यसवर्ष हुने उक्त बोर्डले परीक्षा पूर्णरूपले कोरोना भाइरसलाई ध्यानमा राखेर सरकारद्वारा तयार गरिएको एसओपी अनुसार गरिने पनि बोर्डले स्पष्ट पारेको छ।



No comments:

Post a Comment

Post Bottom Ad