निर्दलीय प्रार्थी सुरज धड्कन : शिक्षित युवाहरूको घचघचाई हुन् त ! - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 11, 2021

निर्दलीय प्रार्थी सुरज धड्कन : शिक्षित युवाहरूको घचघचाई हुन् त !

विचार / राजनीति _______________________ सदीप प्रधान, दार्जीलिङ ।

मूल नाम सुरज गुरूङ, साहित्यिक नाम सुरज धड्कन। चुङथुङ चियाबारीमा सन् 1982 मा जन्मेका एक जुझारू परिश्रमी व्यक्तित्व सुरज धड्कन। साहित्यमा उपन्यास र कथा लेखनमा सशक्त। साहित्य अकादमी युवा पुरस्कार प्रापक। ‘प्रमिलो’ उपन्यास लेखेपछि आफ्नै वरिपरिका ससाना पक्षहरूलाई टपक्क टिपि कथा लेख्न थाल्ने सुरज धडकनका कथाहरूमा पनि समाजको अव्यवस्था, कुसंस्कारप्रति व्यङ्ग्य नै पाइन्छ। साहित्य मार्फत आफुले भन्नसक्ने धेरै कुराहरू भनिसके तापनि आफै अघि बडेर समाजलाई बाटो देखाउनै पर्छ भन्ने सोँच राख्ने युवा लेखक सुरज धडकन।

 


पाहाडको राजनीतिप्रति निक्कै चासो राख्ने सुरज धडकनले दार्जिलिङ सरकारी महाविद्यालयबाट विज्ञान विषय लिएर स्नातक गरे। केही वर्ष सिक्किमको मङ्गलबारेस्थित एउटा स्कूलमा शिक्षक पनि बने। आफ्नो मनलाई धेरै समयसम्म त्यसकाममा लगाउन नसकेपछि उनी घर फर्के। घर फर्केर नेपाली विषय लिई उत्तरबङ्ग विश्वविद्यालयको दुरशिक्षाबाट एमए ( स्नातकोत्तर) गरे। आफ्नो शिक्षालाई नियन्तरता दिंदै सिक्किम विश्वविद्यालयबाट एमफिल 2018मा पास गरे। यसै विश्वविद्यालयबाट उनले भर्खरै पिएचडी पनि बुझाएका छन्। यस्ता जाँगरिला युवाको नाम हो सुरज धडकन।

 

मानिसले जति नै राजनीति मनपर्दैन या 'पोलिटिक्स इज अ डर्टी गेम' भने तापनि हरेक मानिसलाई राजनीतिले असर गरेकै हुन्छ। कोही पनि मानिस राजनीतिदेखि टाडा रहनु नै सक्दैन। कुनै न कुनै रूपमा मानिसलाई परोक्ष अथवा प्रत्यक्ष रूपमा राजनीतिले असर गरिरहेकै हुन्छ। ज्ञान र विज्ञानको भरमा मानव जाति सँधै अग्रसर रहन्छ। ज्ञानको जहिले पनि एउटै राम्रो पाटो हुन्छ, त्यसैले ज्ञानले मानव जातिलाई कहिल्यै हानी पुऱ्याउदैन भने विज्ञानको दुईवटा पाटो हुन्छ, राम्रो र नराम्रो। राम्रो पक्षलाई अघि बडाए राम्रै फल प्राप्त हुन्छ, नराम्रोलाई बडाएर लगे विज्ञानले नाश गर्छ। राजनीति पनि त्यसैले विज्ञान हो। राजनीतिको पनि दुई पक्ष छ। तथापि हाम्रोतिर राजनीतिको नराम्रो पक्षलाई नै अधिक महत्त्व दिंदै आएको अवस्था रहेको छ, यसैले हाम्रोतिर राजनीति डर्टी गेम भएर आए आजपर्यन्त।

 

सुरज जस्तो नाम राजनीतिको राम्रो र नराम्रो पाटो छुट्याउन सक्ने नाम हो यस समय पाहाडमा। सकारात्मक राजनीतिको अगुवाई गर्न नै सुरजको यो पहल हो। उनलाई पनि राजनीतिक आक्षेप नलागेको भने होइन। भूमिगत नेताको वकालतमा बोलेको आक्षेपले सुरज पनि मुछिएकै हो। तथापि सुरजले पाहाडको राजनीतिक दलको मुखुण्डा हुन् रूचाएनन्। हालमा ''कुन राजनीतिक दल चै ठिक छ त??" यसपाली कसलाई  दिने?? आदि प्रश्नको उत्तर हुनसक्छ सुरज धडकङ। हुनत अहिलेसम्म शिक्षित युवाहरूको आवाज कसैले सुनेन, पाहाडमा बेरोजगारको समस्या कसैले समाधान गरेन, चियाबारीको जीवन सुधार्न कुनै दल या नेता लागिपरेन। सुरजले यी सबैको समाधान गर्छ र गरिहाल्छ भन्ने पनि होइन तर पाहाडको यस समय र सोचहरूलाई तमाचा हो। नेता र सबै दलहरूलाई शिक्षित जमातको घचघचाई पक्का हो। आसैमात्र देखाउने सबै नेता र दलहरूलाई चुनौती हो।

No comments:

Post a Comment

Post Bottom Ad