यसपल्ट सम्पन्न हुने जनगणनामा सम्पूर्ण गोर्खाहरूले मातृभाषा ‘नेपाली’ लेख्नपर्छ – प्रभाकर देवान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 7, 2021

यसपल्ट सम्पन्न हुने जनगणनामा सम्पूर्ण गोर्खाहरूले मातृभाषा ‘नेपाली’ लेख्नपर्छ – प्रभाकर देवान

गफसफ.com, 06  मार्च 2021, कालेबुङ ।

यसवर्ष सम्पन्न हुने जनगणना विषयलाई लिएर गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति, स्टेटहुड डिमान्ड को-अर्डिनेसन कमिटी, फेडरेसन फर इन्डियन गोर्खा एसोसिएसन, कालेबुङ कृषक कल्याण सङ्गठन अनि गोर्खा दुख निवारक सम्मेलनको संयुक्त आयोजनामा एक संगोष्ठी सम्पन्न भएको छ। वर्ष 2021 को जनगणना गोर्खा जातिको निम्ति एक महत्त्वपूर्ण रहेको कारण नै विभिन्न संगठनहरूको संयुक्त प्रयासमा संगोष्ठि आयोजनाको सुरुआत गरेको स्टेटहुड डिमान्ड को-अर्डिनेसन कमिटीका मुख्य संयोजक प्रभाकर देवानले बताएका छन्।


“भारतको कुनै पनि कार्य योजना जनगणाको आधारमा तयार पारिन्छ। यसकारण गोर्खाहरूका निम्ति यसवर्षको जनगणना हामीलाई महत्त्वपूर्ण लागेको छ। विगतमा जनगणना हुँदा भारतको विभिन्न प्रान्तहरूमा बसोवास गर्ने गोर्खाहरूले आफ्नो मातृभाषा बेग्ला बेग्लै लेखेका हुँदा भारतभरी गोर्खाहरू कति छन् भन्ने स्पष्ट हुन सकेन। अर्थात् विगतको जनगणाको अनुसार भारतमा गोर्खाहरूको जनसङ्ख्या कम्ती छ। यसपल्ट यस्तो भूल नदोहोरियोस् भनेर हामीले यसपल्टको जनगणना विषयमा सेमिनार आयोजना गरेर अवगत गराउने प्रयास सुरु गरेका हौँ” प्रभाकर देवानले भने।

भारतमा  डेड करोड गोर्खाहरू छन् भनेर दाबी गर्ने गरे पनि विगत 2011 को जनगणना अनुसार केवल 26 लाख मात्र गोर्खाहरूको जंसङ्ख्या देखाइएको बताउँदै वास्तवमा भारतमा गोर्खाहरूको जनसंख्या 29 लाख भन्दा धेर रहेको पनि देवानले बताएका छन्। “भारतमा निश्चय नै गोर्खाहरूको जनसंख्या 29 लाख भन्दा धेर छन्। तर, उदाहरणको निम्ति हेर्नु हो भने देहादुनमा बसोवास गर्ने गोर्खाहरूले आफ्नो मातृभाषा हिन्दी लेख्छन्। असमका गोर्खाहरूले असमिना मातृभाषा लेख्छन्। यसो हुँदा नेपाली भाषा बोल्ने गोर्खाहरूको जनसंख्या कम्ती देखिएको हो” प्रभाकर देवानले भने।

जनगणनाको आधारमा नै भारतमा संसदीय क्षेत्र देखि पञ्चाय सम्मको रूपरेखा तयार पारिने कार्य हुने गरेको कारण पनि जनगणनालाई सबैले विशेष ध्यान दिनुपर्ने उनको भनाई रहेको छ। “यसपल्टको जनगणा हुँदा गोर्खा जातिले आफ्नो मातृभाषा सबैले नेपाली लेखौँ भन्ने विषयमा हामीले चेतना जगाउन सेमिनार गरिरहेका छौँ। उसै पनि हामी नेपाली भाषी गोर्खाहरूले भारतभित्र छुट्टै राज्य गोर्खाल्याण्ड राज्यको माग गर्दै आइरहेका छौँ। भारतमा पहिला भाषा कै आधारमा राज्य निर्माण भएको इतिहास पनि छ। यसकारण हामीले यसपल्ट सबै गोर्खाहरूले जनगणना हुँदा मातृभाषा नेपाली लेख्नै पर्नेछ। यो सचेतना जनतामा ल्यान चाहन्छौँ’ प्रभाकर देवानले भने।

उनले यसपल्ट हुने जनगणना ‘नेशनल पपुलेसन रेजिस्टार’-सँग जोडिएएको बताउँदै यसपल्टको जनगणना डिजिटल माध्यममा हुने भएको कारणले पनि कुनै भूल नगर्न सबै सचेत हुन आवश्यक रहेको पनि देवानले बताएका छन्। यसका साथै अन्तमा कतै न कतै यो सबै एन.आर.सी.सँग जोडिने भएको कारण आफ्नो सम्पूर्ण विवरण सबैले भूल नगरी दिनुपर्ने उनले जनाएका छन्।

“जनगणनामा हाम्रो विवरण सही दिनुपर्छ। जसले गर्दा भविष्यमा एन.आर.सी लागु हुँदा कसैलाई असुविधा नहोस् भन्ने उद्देश्यले पनि हामीले जनतालाई जागरूक गराउने कार्य थालेका हौँ’ प्रभाकर देवानले भने।   

No comments:

Post a Comment

Post Bottom Ad