कालेबुङमा वयोवृद्ध नागरिकहरूलाई कोभिड टिकाकरण लगाउने कार्य आरम्भ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 9, 2021

कालेबुङमा वयोवृद्ध नागरिकहरूलाई कोभिड टिकाकरण लगाउने कार्य आरम्भ

गफसफ.com, 09  मार्च 2021, कालेबुङ ।

कोरोना भाइरसको निम्ति दोस्रो चरणको टिकाकरण अभियान कालेबुङमा सुरु भएको छ। यसबारे कालेबुङ जिल्लापाल आर. विमलाले जानकारी दिएकी छन्। वितेको वर्ष वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामको निम्ति पहिलो चरणमा अग्रिम पन्थीमा खट्नेहरूलाई टिकाकरण गर्ने कार्य भएको थियो भने दोस्रो चरणमा नागरिक समाजका 60 वर्ष भन्दा धेर उमेर भएका अनि एक भन्दा अधिक विरामीका लक्षण भएका 45 वर्षभन्दा माथिकाहरूलाई टिकाकरणको कार्य सुरु भएको जिल्लापाल आर. विमलाले बताइन्।


“कालेबुङ जिल्लामा पहिलो चरणको टिकाकरण 16 जनवरीदेखि सुरु भएको हो। पहिलोचरणमा अग्रीम पन्थीका कर्मचारीवर्गलाई टिकारण गरिएको थियो जसमा हामीले लगभग 83 प्रतिशत टिकाकरणको कार्य गर्न सक्षम भएका छौँ। यसक्रममा अहिले दोस्रो चरणको कोभिड टिकाकरण सुरु गरेका छौँ” जिल्लापाल आर. विमलाले भनिन्।

उनले स्वास्थ्य कर्मी, पुलिस कर्मी लगायत अन्य अग्रिम पन्थीका कर्मचारीवर्गलाई टिकाकरणको कार्य भएपछि हालमा चुनाव कर्मीहरूलाई पनि टिकारणको कार्य सम्पन्न भइसकेको जानकारी दिएकी छन्। यसक्रममा उनने अब दोस्रो चरणमा 60 वर्ष भन्दा माथिका अनि एक भन्दा अधिक विरामीका लक्षण भएका 45 वर्षभन्दा माथिकाहरूलाई टिकाकरणको कार्य सुरु भएको बाताइन्।


दोस्रो चरणको टिकाकरण कालेबुङ जिल्लाको विभिन्न केन्द्रहरूमा सञ्चालन सुरु भएको बताउँदै यसबारे नागारिक समाजका मानिसहरू टिकारणको निम्ति अघि आउने आह्वान गरिन्। उक्त दोस्रो चरणको टिकारण कतिपय स्थानहरूमा शिविरहरूको आयोजना गरेर वृद्ध मानिसहरूलाई टिकाकरण गरिने पनि जिलापालले बताएकी छन्।

“कालेबुङका वयोवृद्ध नागरिकहरूलाई कोभिड टिकारणको निम्ति सरकारले सुरु गरेको शिविरहरूला सहभागी बनेर खोप लिइदिने आह्वन गर्दछौँ। कोभिड सङ्क्रम घातक हो भन्ने बुझेका छौँ यसकारण हामीले नागरिक समाजका वयोवृद्ध नागरिकहरूलाई टिकारणको निम्ति प्रोत्साहन गर्ने आह्वान गर्दछु” जिल्लापाल आर विमलाले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad