गोर्खा जनमुक्ति युवा मोर्चा (विनय गुट) को साङ्गठनिक सभा सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 5, 2021

गोर्खा जनमुक्ति युवा मोर्चा (विनय गुट) को साङ्गठनिक सभा सम्पन्न

 गफसफ.com, 04  मार्च 2021, कालेबुङ ।

गोर्खा जनमुक्ति युवा मोर्चा (विनय गुट) कालेबुङ जिल्ला समितिको आज एक साङ्गठनिक सभा सम्पन्न भयो। कालेबुङको डम्बर चौक नजिक रहेको पार्टी कार्यलयमा सम्पन्न भएको आगामी विधानसभा चुनावलाई लिएर चर्चा सम्पन्न भयो। सभामा कालेबुङ जिल्ला अधिनस्थ रहेका विभिन्न समष्टिका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।


सभाबारे जानकारी गराउँदै गोजयुमो कालेबुङ जिल्ला समिति कार्यकारी अध्यक्ष बारूद थापाले आगामी सम्पन्न हुने विधानसभा चुनावमा पार्टीको कस्तो सहभागिता हुनपर्नेछ भन्ने विषयमा चर्चा भएको बताए। यसका साथै चुनावलाई लिएर साङ्गठनिक स्तरमा पार्टी कार्यकर्ताहरू सक्रिय बनेर कार्य गर्नुपर्ने विषयमा कुराकानी भएको बताएका छन्।

“विधानसभा चुनावलाई लिएर युवा मोर्चाले साङ्गठनिक चर्चा गर्नु नै सभा बसेको हो। यसका साथै विभिन्न राजनैतिक पार्टी त्यागेर आएका युवा कार्यकर्ताहरूलाई पनि सभामा स्वागत गर्ने कार्य गर्‍यौँ‘ – युवा मोर्चा अध्यक्ष बारुद थापाले भने।

उनले उक्त सभामा जन आन्दोलन पार्टीबाट युवा एकाई महासचिव भूपेन राई अनि विद्यार्थी एकाईका प्रतिनिधि प्रवीण घिसिङ लगायत अन्य युवाहरू गोजमुमो पार्टीमा समावेश भएको भन्दै उनीहरूलाई औपचारिक स्वागत जनाउने कार्य भएको पनि बताएका छन्। यसक्रममा जन आन्दिलन पार्टी त्यागेर गोजमुमो पार्टीमा समावेश भएका भूपेन राई कार्यलय सचिवको जिम्मेवारी सुम्पिएको पनि जानकारी दिएका छन्। यसका साथै प्रवीण घिसिङलाई गोजयुमो कालेबुङ जिल्ला समिति सहसचिवको रुपमा चयन गरिएको अनि बेञ्जामिन थापालाई ३९ नम्बर समष्टिको साङ्गठनिक सचिवको रूपमा चयन गरिएको कार्यकारी अध्यक्ष बारुद थापाले जानकारी दिएका छन्।

“गोर्खा जनमुक्ति मोर्चाको मूल मन्त्र नयाँ सोँच नयाँ विचारलाई आत्मासाथ गरेर पहाडलाई सही मार्गमा अघि बडाएर लाने कार्य गर्नुपर्नेछ। यस कार्यका निम्ति युवाहरू एकजुट भएर अघि आउन पर्नेछ” बारुद थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad