कालेबुङ आसनबाट होली पर्व मनाउँदै भाजपा प्रार्थी शुभ प्रधानले दर्ता गरे नामङ्कन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 29, 2021

कालेबुङ आसनबाट होली पर्व मनाउँदै भाजपा प्रार्थी शुभ प्रधानले दर्ता गरे नामङ्कन

गफसफ.com,  29 मार्च 2021, कालेबुङ ।

कालेबुङ निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीका प्रार्थी शुभ प्रधानले आज आफ्नो नामङ्कन पत्र दर्ता गरेका छन्। होली पर्वको शुभ मुहुर्तमा शुभ प्रधानले नामङ्कन पत्र दर्ता गरेर चुनाव केवल औपचारिकता मात्र रहेको भन्दै आफ्नो जीत सुनिश्चित भइसकेको दाबी गरे। 



शुभ प्रधानले नामङ्कन पत्र दर्ता गर्न अघि भाजपा पार्टी कार्यकर्ताहरूसँगै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अनि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) का समर्थकहरूले संयुक्त र्‍याली निकालेको थियो। हाट बजार परिसरमा अवस्थित भाजपा पार्टी कार्यलयबाट समर्थकहरूले होली पर्वको अवसरमा खुशीयाली मनाउँदै निकालेको उक्त र्‍याली जिल्लापाल कार्यलय परिसर सम्म पुगेको थियो। यस अवसरमा भाजपा, गोरामुमो अनि गोरानिमो पार्टीका समर्थकहरूको भीड जमेको थियो।

 “आजको उपस्थितिले मेरो जित निश्चित बनेको स्पष्ट छ। सहयोगी पार्टीका साथीहरू पनि खुलेर अघि आएका छन्। सबै सहयोगीहरूको साथ र जनताको सहयोगले यसपल्ट बिजय हुनेनै छौँ” शुभ प्रधानले भने। उनले आफ्नो एउटा उद्देश्य रहेकै कारण चुनावी मैदानमा उत्रिएको बताउँदै आफ्नो जातिको निम्ति उदाहरणीय कार्य गर्ने बताएका छन्। क्षेत्रीय राजनैतिक दलहरूले बङ्गालको तृणमूल कङ्ग्रेससँग सम्झौता गरिसकेपछी आफू भाजपामा सामेल बनेर जातिको निम्ति अघि आएको बताए। यसक्रममा भाजपाले गोर्खाहरूको निम्ति कार्य गर्ने प्रतिवद्धता यसपल्टको चुनावी घोषणा पत्रमा समेत उल्लेख गरिसकेको स्मरण गराउँदै भाजपा मार्फत् धेरै कार्य गर्ने दाबी गरे।

यसैक्रममा शुभ प्रधानले राज्य सरकारसँग मिल्नेहरूले जनताको पक्षमा धेरै कार्य गर्न सक्ने भए पनि उनीहरूले कुनै कार्य नगरेको आरोप लगाउँदै पहाडमा रहेका चिया, सिन्कोना अनि वनवासीहरूलाई पर्जापट्टा भाजपाले दिने बताए। हाल पहाडमा अन्य राजनैतिक दलका नेताहरूले जनतालाई भ्रम फैलाउने प्रयास गरिरहेको बताउँदै जनताले चुनावमा सही निर्णय लिने कुरामा आफूहरू आश्वस्त रहेको पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad