नेशनल पीपल्स पार्टीले कालेबुङबाट चुनाव लड्ने गर्‍यो घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 24, 2021

नेशनल पीपल्स पार्टीले कालेबुङबाट चुनाव लड्ने गर्‍यो घोषणा

गफसफ.com, कालेबुङ २४ मार्च 

नेशनल पीपल्स पार्टी (एनपीपी) ले कालेबुङ विधानसभा आसनबाट चुनाव लड्ने घोषणा गरेको छ। एनपीपी उत्तर बङ्गाल अनि सिक्किम राज्य संयोजक शशांक गहतराजले आज कालेबुङ पार्टी कार्यलयमा कालेबुङ विधासभा आसनबाट चुनाव लड्ने घोषणा सँगै उम्मेद्वारको पनि घोषणा गरे। 



"एनपीपीले कालेबुङबाट विधानसभा चुनाव लड्नेछ। यसकारण पार्टीको पक्षबाट पेन्जो गोम्पु भोटिया कालेबुङबाट प्रार्थी हुनेछन्" गहतराजले घोषणा गर्दै भने। उनले बङ्गालबाट छुट्टीनु नै पार्टीको मूल मुद्दा रहेको बताउँदै त्यसै मुद्दालाई अघि सारेर चुनावमा जनतालाई सहयोगको अपिल गर्ने पनि बताएका छन्। 


उनले दार्जीलिङ पहाड अनि कालेबुङ भौगोलिक अनि भाषिक रूपले बेग्लै भएको बताउँदै यश भूभागलाई उत्तर्पूर्वी क्षेत्रमा समावेश गर्ने कार्य गर्ने पनि बताएका छन्। दार्जीलिङ पहाडी क्षेत्रका मानिसहरूलाई बङ्गाल सरकारले अहिलेसम्म अवहेलना गर्नुसाथै किनारीकृत गरेको आरोप लगाउँदै अब यहाँका मानिसहरूको उन्मुक्ति केवल एनपीपी पार्टीले मात्र गर्न सक्ने पनि गहतराजले दाबी गरे। 

No comments:

Post a Comment

Post Bottom Ad