अजय एडवर्ड गोरामुमो पार्टीबाट चुनाव लड्ने : फाइनल खेल्ने जिम्बाको सपना के होला? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 23, 2021

अजय एडवर्ड गोरामुमो पार्टीबाट चुनाव लड्ने : फाइनल खेल्ने जिम्बाको सपना के होला?

गफसफ.com, 23  मार्च 202, कालेबुङ

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटिका अध्यक्ष अजय एडवर्डले गोरामुमो पार्टीको नाउँमा चुनाव लड्ने भएका छन्। पार्टी शिर्षस्थ सूत्रले दिएको जानकारी अनुसार यसबारे पार्टीले औपचारिक घोषणा गर्ने भएको छ।



गोरामुमो पार्टी समर्थकहरूको सबैभन्दा प्रिय नेताको रूपमा आफैलाई स्थापित गरिसकेका नेता अजय एडवर्डलाई भाजपाले टिकट दिनको साटो उल्टै निरज जिम्बालाई नै टिकट दिएपछी गोरामुमो समर्थकहरू भित्रै व्यापक असन्तुष्टि छाएको थियो। जसको कारण पार्टी समर्थकहरूलाई सान्तवना दिँदै गोरामुमो अध्यक्ष मन घिसिङले भाजपाले दिएको प्रार्थीहरूमा विरोध समेत दर्ता गरेको थियो। साथै उनले केन्द्रिय समितिको वैठक बसेर चाँडै निर्णय गर्ने घोषणा समेत गरेका थिए। यस्तो अवस्थामा आखिरमा अजय एडवर्डलाई पार्टीले चुनावी मैदानमा उतार्ने निर्णय गरिसकेको जसको घोषणा चाँडै हुने पार्टी सूत्रले बताएको छ।


गोरामुमो पार्टीले आफ्नै दलको झण्डामा अजय एडवर्डलाई चुनावी मैदानमा कुन विधानसभा आसनबाट उतार्ने हो भन्ने कुराको चाहिँ अहिले नै पुष्टि भएको छैन। तथापि एडवर्डको बलियो धरातल मानिएको दार्जीलिङ विधानसभा आसनबाट नै उनी चुनावी मैदानमा ओर्लनु सक्ने सम्भावना धेर रहेको छ। यस्तो अवस्थामा यदि दार्जीलिङ विधानसभा आसनबाट अजय एडवर्ड गोरामुमो पार्टीको प्रार्थी भए उनको सोझो टक्कर भने भाजपा प्रार्थी निरज जिम्बासँगै हुने स्पष्ट छ। जुन चुनावी लडाईँमा फाइनल खेल्ने सपना सजाएका निरज जिम्बालाई गतिलो राजनैतिक नोक्सानी पुग्ने स्पष्ट छ।

No comments:

Post a Comment

Post Bottom Ad