स्वतन्त्र प्रार्थी भूपेन्द्र लेप्चाले बुझाए नामङ्कन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 29, 2021

स्वतन्त्र प्रार्थी भूपेन्द्र लेप्चाले बुझाए नामङ्कन

गफसफ.com,  29 मार्च 2021, कालेबुङ ।

कालेबुङ विधानसभा आसनबाट स्वतन्त्र प्रार्थीको रूपमा भूपेन्द्र लेप्चाले नामङ्कन पत्र दर्ता गरेका छन्। यसका साथै उनले आज नै खर्साङ विधानसभा आसनबाट पनि आफ्नो नामङ्कन पत्र दर्ता गर्ने जानकारी दिएका छन्। स्वतन्त्र प्रार्थीको रूपमा नामङ्कन बुझाएपछी उनले पत्रकारहरूसँग कुराकानी गर्दै पहाडका जनताले सुन्दर भविष्यको निम्ति साथ दिनुपर्ने अपिल गरेका छन्।



सक्रिय राजनीतिमा देखा नपरेका भूपेन्द्र लेप्चा यस भन्दा अघि पश्चिम बङ्गाल लेप्चा विकस बोर्डसँग संलग्न थिए। लेप्चा विकास बोर्डको गठन हुन भन्दा अघि लेप्चा जातिको अधिकारको निम्ति लेप्चा अग्रीम पंक्तिमा थिए। त्यसपछी उनी सक्रिय राजनीतिमा नआए पनि पहाडका मानिसहरूको पक्षमा धेरै कार्य गरेको दाबी गर्दै अब चुनाव मार्फत जनताको हितमा कार्य गर्न अघि आएको उनले बताए। उनले दार्जीलिङ अनि कालेबुङ जिल्लाका विभिन्न ठाउँहरूमा पश्चिम बङ्गाल सरकारसँग कुटनैतिक सम्बन्ध स्थापित गरेर धेरै विकासका कार्यहरू गरेको दाबी गर्दै उक्त कार्यहरू सबैलाई जानकारीमा रहेको दाबी गरेका छन ।

वितेको समय लेप्चा विकास बोर्डको गठनदेखि पहाडमा अन्य जातगत विकास वोर्डहरू गठनका निम्ति आफूले सरकारसँग सुमधुर सम्बन्ध बनाएर स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब जनताले आफूलाई काम गर्ने मौका दिनुपर्ने आह्वान गरे। “पहाडमा गरीब परिवारका मानिसहरूले बस्ने घर सरकारबाट जुन पाएका छन् त्यो पाउनमा मैले कार्य गरेको सबैलाई थाह भएकै हो। ठाउँ-ठाउँमा पिउने पानीको सम्स्या समाधान गर्ने कार्य पनि गरेकै छु। यी मैले गरेका कार्यहरूसँग जनता परिचित छन्। यसकारण अब चुनाव मार्फत् जनतालाई थप सेवा गर्ने उद्देश्यले अघि आएको हुँ” भूपेन्द्र लेप्चाले भने।

उनले आफू कुनै पदमा नबसे पनि सरकारसँग सम्बन्ध स्थापित गरेर जनहितमा धेरै कार्य गर्न सकेको भन्दै चुनिएर विधानसभामा पुग्न सके अहिलेसम्म कसैले गर्न नसकेका कार्यहरू आफूले गरेर प्रमाणित गर्ने पनि लेप्चाले बताएका छन्। उनले आफू स्वतन्त्र प्रार्थीको रूपमा चुनावी मैदानमा उत्रिए पनि आफूले कसैसँग पनि दुश्मनको भावना नराख्ने पनि स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad