भाजपाको अघि गोरामुमो लाचार : तीनवटै आसनमा भाजपालाई सघाउने मन घिसिङले गरे घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 26, 2021

भाजपाको अघि गोरामुमो लाचार : तीनवटै आसनमा भाजपालाई सघाउने मन घिसिङले गरे घोषणा

गफसफ.com,  26 मार्च 2021, कालेबुङ ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङ पहाडको तीनवटै आसनबाट भारतीय जनता पार्टीलाई सघाउने घोषणा गरेको छ। पार्टीका अध्यक्ष मन घिसिङले आज दार्जीलिङबाट उक्त घोषणा गरेका हुन्। “गृहमन्त्री अमित शाहज्युले हामीलाई बारम्बार विन्ति गर्नुभयो। उहाँको विन्ति गोरामुमो पार्टीले जातिको हितमा एउटा सुनौलो मौका ठान्यो। यसैले दार्जीलिङ पहाडको तीनवटै आसनमा गोरामुमोले भाजपा प्रार्थीहरूलाई सघाउनेछ” मन घिसिङले भने।



पार्टी अध्यक्ष मन घिसिङको उक्त घोषणासँगै गोरामुमो पार्टी समर्थकहरूमा निराशा छाएको छ। यसभन्दा अघि भाजपाले दार्जीलिङ पहाडको तीनवटै आसनबाट भाजपा प्रार्थीलाई टिकट दिएपछी मन घिसिङले विरोध गरेका थिए। त्यसको लगत्तै उनले पुन: संशोधन गर्दै दार्जीलिङ आसनका प्रार्थी निरज जिम्बा बाहेक कालेबुङ अनि खर्साङ विधानसभा आसनका भाजपा प्रार्थीप्रति मात्र विरोध रहेको भनेका थिए। तर, आज केन्द्रिय समितिको वैठक पछी घिसिङले भाजपाको अघाडी गोरामुमो पार्टीको लाचारीपन दर्शाउँदै तीनवटै आसनबाट भाजपा प्रार्थीलाई नै समर्थनको घोषणा गरेका हुन्।

अरू के के भने मन घिसिङले... हेर्नुहोस् भिडियो ...


No comments:

Post a Comment

Post Bottom Ad