हाम्रो एकमात्र लक्ष्य छुट्टै राज्य गोर्खाल्याण्ड हो – दावा पाख्रिन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 5, 2021

हाम्रो एकमात्र लक्ष्य छुट्टै राज्य गोर्खाल्याण्ड हो – दावा पाख्रिन

गफसफ.com, 04  मार्च 2021, कालेबुङ ।

“गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) गठनको एकमात्र उद्देश्य नै छुट्टै राज्य गोर्खाल्याण्ड हो। गोर्खाल्याण्ड राज्य बाहेक हाम्रो पार्टीले अन्य कुनै पनि व्यवस्थाबारे सोँच्न पनि सक्दैन” – उक्त कुरा गोरानिमो पार्टीका अध्यक्ष दावा पाख्रिनले भनेका हुन्।


कालेबुङ जिल्लाका विभिन्न ठाउँहरूबाट गोरानिमो पार्टीमा समावेश भएकाहरूलाई स्वागत गर्दै दावा पाख्रिनले आफ्नो पार्टी केवल छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मात्रै अघि बडीरहने दाबे गरे। उनले आगामी दिनमा एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति चुनावपछि कार्यक्रम फ्याँक्ने बताउँदै सम्पूर्ण जनताले साथ दिनुपर्ने आह्वान पनि गरे।

“दार्जीलिङ एब्जर्भ एक्ट अन्तर्गत बङ्गालमा एब्जर्भ मात्र भएको छ। यो दार्जीलिङ पहाडको भू-भाग बङ्गालको कहिल्यै थिएन। यसकारण हामीले बङ्गालको कहिल्यै नभएको भू-भागलाई लिएर गोर्खाल्याण्ड राज्य निर्माण गर्नुपर्छ भन्ने माग गरेका हौँ” दावा पाख्रिनले भने। यसक्रममा उनले बङ्गाल विभाजनको कुनै प्रश्न नरहेको भन्दै भारत सरकारले बङ्गालको अधिनमा नभएको यस क्षेत्रको भू-भागलाई लिएर छुट्टै राज्यको गठन गरेर गोर्खाहरूलाई न्याय दिनुपर्ने माग गरेका छन् ।


No comments:

Post a Comment

Post Bottom Ad