"मै मरी जाउँ कि" – नेपाली म्युजिक भिडियोको पहिलो पोष्टर सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 2, 2020

"मै मरी जाउँ कि" – नेपाली म्युजिक भिडियोको पहिलो पोष्टर सार्वजनिक

गफसफ.com, 2 दिसम्बर 2020, कालेबुङ ।

युवा कलाकार रोशन दहाल अनि इडेन्ला शेर्पाद्वारा अभिनय गरिएको नेपाली म्युजिक भिडियो "मै मरी जाउँ कि" - को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। शिशिर मोथेको शब्द अनि गिडियन राईले सङ्गीत भरेको म्युजिक भिडियो 'मै मरी जाउँ कि' – को अन्तिम कार्य चलिरहेको छ।


चाँडै सार्वजनिक हुन लागेको उक्त नेपाली म्युजिक भिडियोको गीतका शब्दकार शिशिर मोथेले नै स्वर दिएका छन्। बिक्की इन्टरटेन्मेन्टको सम्पादनमा अनि डाँडा प्रडक्टसनको छायाङ्कनमा निर्माण भइरहेको उक्त म्युजिक भिडियो कालेबुङ वरिपरीका ठाउँहरूमा नै छाँयङ्कन गरिएको छ।

यसभन्दा अघि म्युजिक भिडियो "तिते करेली" - मा आफ्नो दमदार अभिनय गरिसकेका रोशन दहालसँग यसपल्ट नायिका इडेन्ला शेर्पा रहेकी छन्। उनले पनि थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् भने उनकै अभियन रहेको म्युजिक भिडियो "अल्लारे जोबन" - पनि सार्वजनिक हुनै लागेको बताइएको छ।

No comments:

Post a Comment

Post Bottom Ad