उमेश उपमाको “मुटु मिची” नेपाली साङ्गेतिक चलचित्रको टिजर सार्वजनिक ; फोकसमा बुद्धि तामङ अनि सुरक्षा पन्थ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 5, 2020

उमेश उपमाको “मुटु मिची” नेपाली साङ्गेतिक चलचित्रको टिजर सार्वजनिक ; फोकसमा बुद्धि तामङ अनि सुरक्षा पन्थ

गफसफ.com, 4 दिसम्बर 2020, कालेबुङ । 

नेपाली साङ्गेतिक चलचित्र मुटु मिची-को टिजर सार्वजनिक भएको छ। चर्चित कलाकार बुद्धि तामङ, नायिका सुरक्षा पन्त अनि कालेबुङकी उम्दा नवोदित अभिनेत्री रिया भुजेलको अभिनयमा रहेको उक्त नेपाली साङ्गेतिक चलचित्र मुटु मिची- आगामी 7 दिसम्बरका दिन सार्वजनिक गरिने भएको छ। 


गीतकारका रूपमा परिचित बनिसकेका उमेश उपमाको शब्द अनि स्वरमा रहेको मुटु मिचीको कथा अन्मोल गुरुङको रहेको छ भने उनकै निर्देशन रहेको छ। उमेश उपमाको शब्दलाई सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् भने रवीन छेत्रीले मिक्सिङ अनि मास्टरिङ गरेका छन्। जसको रिकर्डिङ लेजरलाइन स्टुडियोमा गरिएको छ।  

नेपालका ख्यातिप्राप्त कलाकार बुद्धि तामाङ अनि सुरक्षा पन्त मुख्य भुमिकामा देखिएको टिजरमा रिया भुजेल पनि फोकसमा रहेकी छन्। मङ्पू लगायतका वरिपरिका ठाउँहरूमा छायङ्कन गरिएको उक्त नेपाली साङ्गेतिक चलचित्र मुटु मिचीको टिजरमा सधैँ हाँस्य रूपमा देखिने बुद्धि तामङलाई गम्भीर मुद्रामा देखाइएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad