समतलमा सन्थाली माध्यमका विद्यालयहरूमा 465 जना शिक्षक नियुक्ति हुने; पहाडमा शुन्य - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 23, 2020

समतलमा सन्थाली माध्यमका विद्यालयहरूमा 465 जना शिक्षक नियुक्ति हुने; पहाडमा शुन्य

गफसफ.com, 23  दिसम्बर 2020, कालेबुङ ।

पश्चिम बङ्गाल सेन्ट्रल स्कुल सर्भिस कमिशनले सन्थाली भाषीहरूका निम्ति 465 जना शिक्षकवर्गको रिक्त पदहरूमा नियुक्ति सम्बन्धी विज्ञापन प्रकाशित गरेको छ। सन्थाली भाषीहरूका निम्ति प्रकाशित गरेको उक्त विज्ञापनमा विभिन्न विषयका शिक्षकहरूको नियुक्ति गर्ने विवरणसँगै रिक्त पदहरूको संख्या समेत सार्वजनिक गरेको छ। पश्चिम बङ्गाल राज्यभरीको सन्थाली माध्यमका विद्यालयहरूमा सन्थाली भाषी शिक्षकहरू नियुक्ति गर्ने भए पनि यता हिल रिजनका निम्ति भने उक्त नियुक्ति नहुने भएको छ।


एनसीटीइ (नेशनल काउन्इल फर् टिचर इजुकेशन) ले तयार पारेको मापदण्ड अनुसार शक्षिक योग्यता भएका प्रार्थीहरूको उक्त पदका निम्ति आवेदन गर्न सक्नेछन्। उक्त रिक्त पदहरूका निम्ति प्रार्थीहरूले आजदेखि अनलाइन आवेदन सुरु गर्न सक्नेछन् भने आगामी 6 जनवरी 2021 सम्म आवेदन गर्न सक्ने सुविधा रहेको छ।

स्मरण रहोस्, पश्चिम बङ्गाल सरकारको शिक्षा विभाग अधिनस्थ रहेको सेन्ट्रल स्कुल सर्भिस कमिशनले राज्यभरीका विद्यालयहरूमा शिक्षक नियुक्ति प्रक्रिया गर्ने गरेपनि दार्जीलिङ पहाडका विद्यालयहरूमा भने एस.एस.सी लागु नभएको कारण शिक्षक नियुक्ति हुन सकेको छैन। जसको कारण दार्जीलिङ पहाडका योग्य प्रार्थीहरूले खुल्ला प्रतियोगितामूलक परिक्षाको माध्यमद्वारा शिक्षक नियुक्ति हुने अवसर पाउन सकिरहेका छैनन्।

दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) को बागडोर सम्हालेर बसेका तत्कालिन गोरामुमो अध्यक्ष सुवास घिसिङले पहाडमा एस.एस.सी-को विरोध गरेपछि आजपर्यन्त एस.एस.सी मार्फत् पहाडका विद्यालयहरूमा शिक्षक नियुक्ति हुन सकेको छैन। जसको कारण यहाँका पडेका योग्य प्रार्थीहरूले अवसर गुमाउन परिरहेको छ।

पहाडमा शिक्षक नियुक्ति गर्नका निम्ति नै सन् 2011 मा सम्झौता भएको जीटीएको कानुनमा हिल एस.एस.सी लागु गर्ने लेखिए पनि अहिलेसम्म हिल एस.एस.सी अस्तित्वमा आउन सकेको छैन। जसको कारण केवल नेताहरूकै अनुमोदनमा पहाडका अधिकांश विद्यालयहरूमा शिक्षक नियुक्ति हुने कार्य आजपर्यन्त चलिरहेकै छ।

जीटीए अस्तित्वमा आएपछि पहाडका विद्यालयहरूमा शिक्षक नियुक्तिको मुद्दाले केहि समयको निम्ति जोड पक्रे पनि आखिरमा स्वंयसेवी शिक्षकहरूलाई नै नियुक्ति दिनुपर्ने मागहरूले पहाडको शिक्षा व्यवस्था दिनो दिन धराशनी बन्न परेको थियो। आफ्नो जीवननै समर्पण गरेर स्वंय सेवी शिक्षकका रूपमा कार्यरत रहेका शिक्षकहरूलाई पूर्णतया शिक्षकको रूपमा नियुक्ति गर्ने जीटीएले एकाधिकपल्टराज्य सरकारलाई स्वंयसेवी शिक्षकहरूको सूची बनाउँदै पठाएर नियुक्ति दिने कार्य गरेपनि स्वंयसेवी शिक्षकहरूको सूचीबाट नाउँ घट्नुको साटो अहिले झनि बडेर हजार भन्दा धेर पुगिसकेको छ। जसको कारण समतलमा सरकारी प्रक्रिया अनुसार शिक्षक नियुक्ति हुँदा पहाडका योग्य प्रार्थीहरूले अवसर नै पाउन सकिरहेका छैनन्। 

No comments:

Post a Comment

Post Bottom Ad