“मुटु मिची” नेपाली साङ्गीतिक चलचित्र सार्वजनिक भएको एकैदिनमा डेढ़ लाख मानिसहरूले हेरे - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 8, 2020

“मुटु मिची” नेपाली साङ्गीतिक चलचित्र सार्वजनिक भएको एकैदिनमा डेढ़ लाख मानिसहरूले हेरे

गफसफ.com, 2 दिसम्बर 2020, कालेबुङ ।

नेपाली साङ्गीतिक चलचित्र मुटु मिची- सार्वजनिक भएको 24 घण्टामा नै एकलाख भ्यूज पाए भने लगातार मानिसहरूले हेरिरहेका छन्। एक दिन बित्दा नबित्दै अहिले एकलाख 80 हजार मानिसहरूले मुटु मिची हेरिसकेका छन्। माउन्टेन स्टोरिसको युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको उक्त नेपाली साङ्गीतिक लघु चलचित्रलाई धेरै दर्शकहरूले मन पराएका छन्।


चर्चित कलाकार बुद्धि तामाङ, नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेको उक्त साङेतिक चलचित्रमा युवा अभिनेत्री रिया भुजेलको पनि अभिनय रहेको छ। दुई भिन्न भिन्नै जात अनि सम्पन्न र बिपन्न परिवारको केटा-केटीमाझ चलेको प्रेम पछिबाट वैवाहिक जीवनमा बाँधिनु भन्दा अघिनै समाजमा चलेको जात-पातको पर्खाल प्रेम प्रसङ्गमा तगारो बनेको छ।

निम्न जात अनि आर्थिक रूपले विपन्न परिवारका रहेको देखाइएको वुद्धि तामाङले पैसाको जातलाई समाज र प्रत्येकले मान्ने भन्दै आफु पैसा कमाउने र सबैलाई देखाउने कुरा गरेपनि आखिरमा उनीहरूले जीवनमा सम्झौता नै गरेका छन्। एकार्कले चोखो प्रेम गरे पनि समाजको नियमले त्यो प्रेम प्रसंगलाई वैवाहिक जीवनमा परिणत हुन नदिने देखेपछि नायिका सुरक्षा पन्थले दुवै विहे नगरी बस्ने पनि कुरा गरेकी छन्। तथापि आखिरमा दुवै प्रेममा सझौता गरेर बेग्ला बेग्लै गृहस्थी जीवन सुरु गरेको कुरा नै कथाको केन्द्र विन्दु रहेको छ।

गीतकारका रूपमा परिचित बनिसकेका उमेश उपमाको शब्द अनि स्वरमा रहेको मुटु मिचीको कथा निर्देशक अन्मोल गुरुङको रहेको छ भने उनले नै निर्देशन रहेको छ। उक्त गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् भने रवीन छेत्रीले मिक्सिङ अनि मास्टरिङ गरेका छन्। जसको रिकर्डिङ लेजरलाइन स्टुडियोमा गरिएको छ।  

गीतकार अनि गायक उमेश उपमाको आफ्नै गाउँ मङ्पूमा अधिकांश छायङ्कन गरिएको उक्त साङ्गेतिक चलचित्रको कथाले मानिसहरूले अन्तसम्म बनाएर राख्न सक्षम भएको छ। गाउँले जीवनमा प्रेममा मानिसहरूले कसरी सम्झौता गर्न परेका छन् भन्ने कुराले धेरजसोलाई ठ्याक्क  छुन सकेको छ भने आर्थिक अभावमा गर्न परेको सम्झौताले पनि धेरैलाई पक्रन सकेको छ। पाँच रूपियाँको मोमो किन्न जानु अनि बिक्रेताले पाँचरूपियाको पाउँदैन भन्ने कुराबाट आफुलाई चाहिएको कुरा आर्थिक अभावमा गर्न परेको सम्झौता हो। यस्ता स-साना घट्नाहरूले कथालाई बहिलो बनाएको छ भने जोहना गुरुङको छायाङ्कन बेजोड रहेको छ।


No comments:

Post a Comment

Post Bottom Ad