कालेबुङ महाविद्यालयका प्राद्यपक डा. राजेन्द्र प्रसाद ढकाल दार्जीलिङ हिल युनिभर्सिटीको उपकुलपति नियुक्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 19, 2020

कालेबुङ महाविद्यालयका प्राद्यपक डा. राजेन्द्र प्रसाद ढकाल दार्जीलिङ हिल युनिभर्सिटीको उपकुलपति नियुक्त

गफसफ.com, 19  दिसम्बर 2020, कालेबुङ ।

दार्जीलिङ हिल युनिभर्सिटीका संस्थापक उपकुलपतिको पदमा कालेबुङ महाविद्यालयका प्राध्यपक डा. राजेन्द्र प्रसाद ढकाल नियुक्त भएका छन्। राज्यपाल जगदिप धनखडले ट्युट गरेर यसबारे जानकारी दिएका छन्। दार्जीलिङ हिल युनिभर्सिटी एक्ट 2018 को अन्डर सेक्सन 64(4) अन्तर्गत आगामी चार वर्षका निम्ति उनलाई उपकुलपतिनियुक्त गरिएको हो।


पश्चिम बङ्गालका शिक्षा मन्त्री पार्थ च्याटर्जीले हिजै मात्र दार्जीलिङ हिल युनिभर्सिटीको उपकुलपतिको पदमा नियुक्ती गर्नका निम्ति तीनजनाको नाउँ सार्वजनिक गरेका थिए। जसमध्ये कालेबुङ महाविद्यालयका प्राध्यपक डा. राजेन्द्र प्रसाद ढकालको नाउँ पनि रहेको थियो भने आज उनलाई राज्यपाल जगदीप धनखडले आधिकारिक रूपले नियुक्ती गरिएको ट्युट गरेर जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad