दान खालिङ साहित्य सम्मान यस वर्ष प्रदान नगरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 19, 2020

दान खालिङ साहित्य सम्मान यस वर्ष प्रदान नगरिने

गफसफ.com, 19 दिसम्बर 2020सिलगढी ।

सिलगडी नेपाली साहित्य संस्थानद्वारा विगत दुई वर्षदेखि प्रदान गरिँदै आएको दान खालिङ साहित्य सम्मान यस वर्षका लागि स्थगित गरिएको छ। ज्ञात रहोस् संस्थानले पहिलो दान खालिङ साहित्य सम्मान २०१८ कथाकार हायमन दास राई किरातलाई प्रदान गरेको थियो भने दोस्रो दान खालिङ साहित्य सम्मान २०१९ कथाकार सुख नमलाई प्रदान गरेको थियो।


सुरुका दुई वर्षमा साहित्यकारको दीर्घकालीन योगदानको मूल्याङ्कनका आधारमा पुरस्कार प्रदान गरिएको भए तापनि दातृपक्षको सुझाउ तथा संस्थानको कार्यकारिणी समितिको सर्वसम्मत निर्णयअनुसार यस वर्षदेखि बितेका पाँच वर्षभित्र प्रकाशमा आएकामध्ये श्रेष्ठ ठहरिएको कृतिलाई पुरस्कृत गर्ने निर्णय लिइएको थियो। सोही निर्णयअनुसार संस्थानद्वारा भुपेन तामाङको संयोजकत्वमा गठित पुरस्कार चयन उपसमितिले संस्थानका पक्षबाट विभिन्न साहित्यिक सङ्घ
, संस्थान, शैक्षिक संस्थान, प्रकाशक अनि अध्येताहरूलाई पत्राचार गरी पुरस्कारका निम्ति प्रस्तावहरू आमन्त्रित गरे तापनि अति थोरै मात्र प्रस्ताव प्राप्त भएका हुनाले कृति चयनको प्रक्रिया अघि बढ्न सम्भव भएन।

यसका साथै पुरस्कार प्रायोजक खालिङ परिवारको पक्षबाट सुश्री नवोमी खालिङले यो कोविड -१९ को वैश्विक महामारीद्वारा सारा संसार नै चपेटमा परेको समय पुरस्कार/सम्मानजस्ता कार्यक्रम स्थगित गरिएकै उचित हो भन्ने सल्लाह दिनुभएपछि संस्थानको कार्यकारिणी समितिले सभा बसेर यस वर्षको दान खालिङ साहित्य सम्मान स्थगित गर्ने निर्णय लियो। यही सभाले दान खालिङ साहित्य सम्मान २०२०-का लागि गठन गरिएको उप समिति पनि विघटन गरेको संस्थानका अध्यक्ष वासुदेव थापा अनि सचिव डपछिरिङ लेप्चाले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad