भाजपाको ढाँटको राजनीतिको खुल्यो पोल : वार्ता गोर्खाल्याण्डको निम्ति नभएर 'जीटीए'- कै निम्ति हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 5, 2020

भाजपाको ढाँटको राजनीतिको खुल्यो पोल : वार्ता गोर्खाल्याण्डको निम्ति नभएर 'जीटीए'- कै निम्ति हुने

BJP
गफसफ.com, कालेबुङ, 5 अक्टोबर 2020

भारतीय जनता पार्टीको झूटको राजनीति एकदिन नबित्दै उदाङ्गो भएको छ। "गोर्खाल्याण्ड"- विषयमा त्रीपक्षीय वार्ता भनेर जारी गरेको पत्र वास्तवमा गोर्खाल्याण्डको निम्ति नभएर चलिरहेको गोर्खाल्याण्ड टेरोटोरियल एडमिनिस्ट्रेसनकै रिभ्यु मिटिङ रहेको खुलस्त भएको छ। जुन पत्र आज पुन: सन्शोधित रूपमा जारी भएपछि भाजपाको झूटको राजनीति खुलस्त बनेको हो। 

हिजै मात्र भारतको केन्द्रिय गृहमन्त्रालयबाट आगामी 7 अक्टोबरका 2020 का दिन "गोर्खाल्याण्ड" विषयमा वार्ता हुने पत्र सार्वजनिक भएको एकदिन नबित्दै आज सोहि मन्त्रालयले संसोधित पत्र प्रेसित गरेको छ। अघिल्लो पत्रमा गोर्खाल्याण्ड विषय लेखिए पनि वास्तवमा त्यो "गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन" को निम्ति रहेको संसोधित पत्रमा स्पष्ट पारेको छ। 

पर्मनेन्ट पोलिटिकल सल्युसन-को नारा जप्ने भाजपाले अहिलेसम्म गोर्खाल्याण्डबारे एउटै पनि वार्ता डाकेको छैन। सन् 2017 को आन्दोलनमा तत्कालीन गृहमन्त्री राजनाथ सिंहले बन्द फिर्ताको अपिल गरेर वार्ता डाक्ने प्रतिश्रुती दिए पनि उक्त वाचा समेत भाजपाले पुरा गर्न सकेन। तथापि यसपल्ट अचानक आगामी 7 अक्टोबर 2020 को दिन गोर्खाल्याण्ड विषयमा वार्ता डाकेको पत्र सार्वजनिक हुँदा सम्पूर्ण भाजपाको नियतमा शंका गर्दै भएपनि गोर्खाहरूले झिनो आशा साँचेका थिए। तर, आज संसोधित पत्रमा वैठक जीटीएकै निम्ति रहेको पुष्टि भएपछि उक्त झिनो आशा समेत भाजपाले मार्ने कार्य गरेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad