दार्जीलिङ जिल्लामा मात्रै कोरोना सङ्क्रमितहरूको सङ्ख्या 495 पुग्यो, सिलगडी क्षेत्र सबैभन्दा धेर प्रभावित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 1, 2020

दार्जीलिङ जिल्लामा मात्रै कोरोना सङ्क्रमितहरूको सङ्ख्या 495 पुग्यो, सिलगडी क्षेत्र सबैभन्दा धेर प्रभावित

गफसफ.com, 1 जुलाई 2020, कालेबुङ ।

कोरोना भाइसको सङ्क्रमण दार्जीलिङ जिल्लामा मात्रै 495  पुग्यो भने कालेबुङ जिल्लामा 53 जना पुगेको छ। दार्जीलिङ जिल्लामा अहिलेसम्म यो भाइरसको कारण 10 जनाको मृत्यु भएको छ भने 211 जनामा कोरोना भाइरस सक्रिय रहेको छ। यसका साथै अहिलेसम्म 274 जना सङ्क्रमणबाट स्वस्थ भएर घर फर्किसकेका छन्। पछिल्लो 24 घण्टामा 17 जना सङ्क्रमितहरू स्वस्थ भएका छन्। दार्जीलिङ जिल्लाको सिलगडी महकुमा क्षेत्रमा सबैभन्दा धेरै यो भाइरसको सङ्क्रमण दैनिक रूपले वृद्धि भइरहेको छ।

यता पछिल्लो तीन दिनसम्म कालेबुङ जिल्लामा कोरोना भाइरस सङ्क्रमित थिएन भने पछिल्लो 24 घण्टामा एकजना कोरोना पोजेटिभ भेट्टाइएको छ। पश्चिम बङ्गालको स्वास्थ्य अनि परिवार कल्याण विभागद्वारा जारी बुलिटिनमा उक्त कुराको पुष्टि गरेको छ। यो भाइरसको कारण कालेबुङ जिल्लामा अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने अहिले जिल्लामा चार जनामा सङ्क्रमण सक्रिय रहेको छ।



No comments:

Post a Comment

Post Bottom Ad