शिक्षित मूर्ख हुनु भन्दा अशिक्षित ज्ञानी भएको राम्रो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 26, 2020

शिक्षित मूर्ख हुनु भन्दा अशिक्षित ज्ञानी भएको राम्रो

    विचार / राजनीति _________________________ निरज जिम्बा, विधायक, दार्जीलिङ ।    

Neeraj Zimba
(नोट – गोजमुमो विमल गुटका नेता विनु सुन्दासले एक समाचार च्यानलमा विमल गुरुङ गोर्खाहरूको अभिभाव हो भन्ने वयान दिएपछि यसबारे दार्जीलिङका विधायक निरज जिम्बाले प्रतिक्रिया जनाएका छन्। उनको प्रतिक्रियालाई यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ – सम्पादक।) 

दिल्लीमा जयराम रमेशलाई भेट्दा, बिमल गुरूङ कस्तो छ? भनेर सोध्यो अरे। गृहमन्त्री संग भेट्दा पनि बिमल गुरुङलाई नै सोध्यो अरे। त्यसले गर्दा पो बिमल गुरुङ गोर्खाको अभिभावक अरे। अन्त, गोजमुमो1 को नेतालाई भेट्दा बिमल गुरुङ नसोधेर, सुवास घिसिङलाई सोध्छ कि क्या हौ सुन्दासज्यू? भारतको कुनैपनि राजनैतिक दलको नेता बिदेश जाँदा त्याहाँका नेताहरूले उस्कै दलको नेतालाई नै सोध्छ होईन र?

कांग्रेस पार्टीको छ भने राहुल गान्धी वा सोनिया गान्धीलाई सोध्छ, बीजेपीको हो भने, नरेन्द्र मोदीलाई सोध्छ। अन्त, महात्मा गान्धीको बारेमा त सोध्दैन नि। महात्मा गान्धीको बारेमा त सारा बिश्वलाई थाहा छ, किन सोधिरहनु पर्यो त? त्यसरीनै, सुवास घिसिङलाई सारा बिश्वले चिन्छ गोर्खा नेता भनेर, अन्त, सोधिरहनु पर्छ र? सुन्दासज्यू, तिमी पल्लो गाऊँ घुम्नु जाँदा, पल्लो गाउँका बुढा पाखाले भेट्दा तिमीलाई तिम्रो बाबु कस्तो छ भनेर सोध्छ कि पल्लो घरको अंकललाई सोध्छ हौ? तिम्रो बाबुको बारेमा नै सोध्छ होईन र? अन्त, तिम्रो बाबुको बारेमा सोध्यो भन्दैमा, तिमी के मेरो बाबु त यो गाउँको राजा रहेछ भनेर हल्ला पिटी हिड्ने?

अर्को कुरा। जीटिए सम्झौता पत्रमा, without dropping the demand for Gorkhaland भनेको छ अरे, तर DGHC को एकर्डमा agree to drop the demand for Gorkhaland भनेर हस्ताक्षर गरेको छ अरे, त्यसैकारण, बिमल गुरुङ गोर्खाको नेता अरे। फेरि भएन, बिमल गुरुङले हस्ताक्षर गरेको छैन अरे। अन्त, एकजना शिक्षित ब्यक्तिले पनि यस्तो बखम्फुसे कुरा गर्नु हुन्छ र? जब जीटिए संग सम्झौता गर्न तयार भईसके पछि, नैतिक रूपमा ( in principle) त्यसलाई, गोर्खाल्यान्डको मागंलाई drop गरेकै बुझिन्छ । नैतिक रूपमा, गोर्खाल्यान्डको मागंलाई drop नगरेको भए गोजमुमोले जीटिए संग कहिल्यै सम्झौता गर्ने थिएन। without dropping the demand for Gorkhaland भनेर यो वाक्य जोड्नु भनेको चै, गोर्खाल्यान्ड पनि मांग्दै गर्छु  (यसले जनताको आँखामा धुलो हाल्ने काम गरिहाल्छ) जीटिए संग सम्झौता पनि गर्दै गर्छु भनेको जस्तो हो। र, बिमल गुरुङले त सम्झौतामा हस्ताक्षर गरेको छैन भनेर भन्नु पनि पाईन्दैन, कारण, त्यो सम्झौता बिमल गुरुङको उपस्थितिमा उसको पार्टीको तर्फबाट रोशन गिरीले गरेको हो (अब, बिमलले हस्ताक्षर गर्नु पो जान्दैन थियो कि) र बिमल गुरुङले पार्टी अध्यक्ष भएको नाता यसको नैतिक जिम्मेवारी उसैले लिनु पर्ने हो कि यसको दोष पनि सुवास घिसिङ माथि नै देखाउने हौ सुन्दासज्यू । अ, सुवास घिसिङले drop शब्दमा हस्ताक्षर गरेकै हो । वहाँले नैतिक जिम्मेवारी लिएर नै जनताको आँखामा धुलो हाल्ने चाहेनन्। तर, सुवास घिसिङले गोर्खाल्यान्डको मागंलाई फेरि उठाउने छुईन भनेर कतै हस्ताक्षर गरेनन् । छैटौ अनुसूची पनि गोर्खाल्यान्ड राज्य प्राप्तिको दिशा तर्फ सुवास घिसिङको कुटनैतिक चाल नै हो।

अब कुरा गठबन्धनको गरौ है। गोरामुमोले बिमल गुरुङ संग गठबन्धन गरेको अरे? तिम्रो पार्टी संग गोरामुमोले गठबन्धन गरेको पत्र छ तिमी संग? छ भने सार्वजनिक गरिदेऊ त? गोरामुमोले भाजपाको चुनाव संकल्प पत्रमा पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक समाधान गर्ने प्रतिबद्धता देखाएको हुँदा मात्रै भाजपा संग 2019 को चुनावमा गठबन्धन गरेको हो । यस गठबन्धनको सबै भन्दा ठुलो उदाहरण नै दार्जिलिङ बिधायक निरज जिम्बा हुन। निरज जिम्बा गोरामुमो पार्टीका एक शसक्त सिपाही हुन् । आफ्नो पार्टी प्रति असाध्यै माया हुँदा हुँदै पनि वहाँले गोर्खा जातिको हितमा भाजपाको टिकटमा गठबन्धनको उम्मेदवार हुन राजी भएका थिए। हामी पार्टी भन्दा जाति ठूलो अनि जाति भन्दा माटो ठूलो सोच्छौ । 2007 देखि 2011सम्म बिमलको पार्टीले हाम्रो कार्यकर्ताहरु माथि अनेक हत्या र उत्पीडन गरेतापनि पार्टी र जाति हितमा हामीलै 2019 को चुनावमा उनीहरूलाई साथमा लिएरै हिँड्यौँ । निरज जिम्बा नै हुन जस्ले अदम्य साहस देखाउदै सिहमारी स्थित गोजमुमो पार्टी कार्यालयमा गोजमुमो को झण्डा खडा गरीदिएको, जतिबेला गोजमुमो कार्यकर्ताहरू आफ्नो पार्टीको झण्डा बोकेर हिड्न पनि डराउँथे । तर आज बिनु सुन्दासमा यत्रो ठूलो घमण्ड कहाबाट आयो। कतै, गृहमन्त्रीलाई सुटुक्क भेटेर जीटिए 3 को सम्झौता गर्ने तरखरमा त छैन? जनताले सोच्नु पर्ने बिषय हो।

No comments:

Post a Comment

Post Bottom Ad