जीटीएद्वारा निर्मित त्रिवेणी अस्पताल तयार : आगामी सोम्बार उद्घाट हुने अनित थापाले दिए जानकारी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 19, 2020

जीटीएद्वारा निर्मित त्रिवेणी अस्पताल तयार : आगामी सोम्बार उद्घाट हुने अनित थापाले दिए जानकारी

गफसफ.com, 19 जुन 2020, कालेबुङ ।

जीटीएको तत्परतामा निर्माण भएको त्रिवेणीको अस्पताल आगामी 22 जुन सोम्बारका दिन उद्घाटन गरिने भएको छ। जीटीए बोर्ड अध्यक्ष अनित थापाले आज उक्त अस्पतालको भ्रमण गरेर सम्पूर्ण जानकारी लिएका छन्। यसक्रममा हाल 95 प्रतिशत काम सकिएको बताउँदै रहल कार्य केहिदिनभित्रै पुरा हुने बताएका छन्। यसैक्रममा थापाले  आगामी 22 जुन सोम्बारका दिन उक्त अस्पतालको औपचरिक उद्घाटन गरिने जानकारी पनि दिएका हुन्।

Triveni Hospital

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसले पहाडलाई समेत दिनदिनै चपेटले लिने कार्य गरिरहेको छ। उचित स्वास्थ सेवाको अभावमा जुझिरहेको पहाडवासीकै निम्ति कोरोना भाइरस सङ्क्रमित बने उनीहरूको उचित उपचार्थ गर्ने अस्पताल समेत पहाडमा नभएको कारण जीटीए प्रशासनले राज्य सरकारसँग मिलेर टिस्टा त्रिवेणीमा उक्त अस्पताल निर्माण कार्य आरम्भ गरेको हो।

दागोपाप अस्तित्वमा हुँदा निर्माण गरिएको त्रिवेणी टुरिस्ट लजलाई अस्पतालमा रूपान्तरण गर्ने जीटीएले राज्य सरकारसँग मिलेर प्रयास गरेपछि आखिरमा उक्त अस्पताल निर्माण कार्य पूर्ण हुन लागेको छ। जसले सम्पूर्ण पहाडवासीले उचित स्वास्थ सेवा पाउने मानिसहरूले अपेक्षा गरेका छन्।

अस्पतालको कार्य प्रगति हेर्न आइपुगेका जीटीए अध्यक्ष अनित थापाले उक्त त्रिवेणी अस्पतालमा अहिले एकसय जना बिरामीहरू राख्ने क्षमता रहेको अनि पछिबाट आवश्यक्ता अनुसार बेडको सङ्ख्या बडोत्तरी गर्ने पनि जानकारी दिएका छन्। ‘अहिले यस अस्पताललाई सारी अस्पतालको रूपमा अधिसूचना जारी भएको छ। यद्यपी हामी यहाँ कोभिड-19 सङ्क्रमितहरूको उपचार गर्नेछौँ’ अनित थापाले भने।

उनले कोरोना सङ्क्रमितहरूको सङ्ख्या अत्याधिक वृद्धि भइरहेको अवस्थामा त्रिवेणी अस्पतालले सारी अनि कोभिड सङ्क्रमितहरूको हेरचाह गर्ने जानकारी दिँदै दुवैका निम्ति बेग्ला बेग्लै विभाग रहेको स्पष्ट पारेका छन्। उनले सुरुमा कोरोना भाइरसको सङ्क्रमण पहाडमा हुँदा सबै मानिसहरूमा धेरै डर भएको बताउँदै अब यस भाइरससँग मानिसहरू लडेर जित्नुपर्ने बताएका छन्।

‘हामी सुरुमा भाइरससँग धेरै डरायौँ। सबै मानिसहरू डराएका थिए। तर, भाइरसलाई भोकले जित्न दिनुहुँदैन। हामी सचेत र सजक भएर काम गर्नैपर्छ। भाइरससँग डराएर बस्दा हामी अर्थतन्त्र नै डामाडोल बन्दै गइरहेको छ। यदि अर्थतन्त्र डामाडोल भए त्यो झनै डरलाग्दो समस्या सिर्जना हुनेछ। यसकारण अब भाइरससँग सचेत र सजक भएर हामी लड्नुपर्छ’ अनित थापाले भने।

उनले महामारीको रूपमा फैलिएको भाइरससँग लड्न सम्पूर्ण व्यवस्था ठिक गरिरहेको बताउँदै यसको दवाई निस्कने कुनै निश्चित समय सिमा नभएको कारण मानिसहरूले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउनका निम्ति पनि सचेत भएर कार्य गर्नुपर्ने आह्वान गरेका छन्। 

उनले केन्द्र सरकारले करोडौँ रूपियाँको घोषणा गरेपनि उक्त रूपियाँ जीटीए क्षेत्रमा कति आउँछ होला भन्न नसकिने भन्दै त्यस धनराशीको आशा गरेर केन्द्रको भार गर्नुभन्दा पहाडका युवाहरूले अब आफ्नै ठाउँमा श्रम गर्न सक्नुपर्ने बताएका छन्। ‘अब पहाडवासी अझै पौरखी हुनपर्छ। हामीसँग प्राकृतिक संसाधन छन्। त्यसलाई प्रयोग गरेर हामी पौरखी बनेर काम गर्न सिक्न पर्छ। हामीसँग जमीन, पानी सबथोक छ। पर्यटनको उत्तिकै सम्भावना छ। यसकारण अब हामीले बाहिर गएर होइन आफ्नै ठाउँमा पौरखी गरेर बाँच्न सिक्नपर्छ’ अनित थापाले भने।

उनले एक प्रश्नको उत्तर दिने क्रममा सांसद राजु विष्टले पहाड भ्रमणको क्रममा जीटीएको कार्य प्रति असन्तुष्ट जाहेर गरेको बताउँदै ‘भाजपाले दोष दिनुको साटो ठोस् काम गरोस्’ भनि सुझाव दिएका छन्। ‘पहाडका जनताले सांसद राजु विष्टलाई जनताको काम गरोस् भनेर भोट दिएका हुन्। यसभन्दा अघि हामीले दस वर्ष भाजपालाई दिएकै हौँ। अहिले पनि जनताले भाजपाकै सांसद चुनेका छन्। उनले बागडोगरा विमानस्थलमा ओर्लन साथ केवल ठिक काम भएर भन्दै आरोप लगाउन सुरु गरे। यो भएन र त्यो भएन भनेर सबैले भन्छन्। तर, तिमीले के गर्‍यौ? त्यो भन्नुपर्छ’ अनित थापाले सांसद विष्टलाई प्रश्न तेर्साए।

उनले पहाडमा स्वास्थ्य सेवा, पिउने पानी, शिक्षा व्यवस्था, बाटो लगायत अनेकौँ समस्याहरू छ भने सबै पहाडवासीलाई नै ज्ञात रहेको अनि ती कुराहरू आफुले पनि स्वीकार गरेको बताउँदै ठिक नभएकोलाई नै ठिक गर्न व्यवस्थालाई ठिक बनाइरहेको थापाले बताएका छन्। ‘भाजापे हामीलाई के दियो? एघार जातिलाई जनजाति दिन्छु भनेर खोई? दस वर्ष गोर्खाल्याण्ड भने लन्डायो। अहिले आएर सबथोक ठिक छैन भन्दैछन्। जनताले ठिक छैन भनेको सुन्न भोट दिएको होइन। ठिक नभएको सबै ठिक बनाइदियोस् भनेर भोट दिएको हो’ अनित थापाले भने।

सांसद राजु विष्टले कालेबुङ भ्रमणमा हुँदा पनि त्रिवेणी अस्पतालको निर्माणलाई लिएर अधिसूचना देखाउँदै जीटीएको कामलाई स्वीकार गर्न नचाहेको बताउँदै अहिले आफुहरूले भने जनतालाई एउटा राम्रो अस्पताल बनाएर दिन सकेको अनित थापाले दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad