कालेबुङमा दैनिक बड्दैछ कोरोना सङ्क्रमण : आज थप 4 जना सङ्क्रमित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 12, 2020

कालेबुङमा दैनिक बड्दैछ कोरोना सङ्क्रमण : आज थप 4 जना सङ्क्रमित

गफसफ.com, 12 जुन 2020, कालेबुङ ।

कालेबुङ जिल्लामा दैनिक कोरोना सङ्क्रमित निस्कन थालेको छ। आज थप चारजना कोरोना सङ्क्रमित भेटिएको छ। चारैजना सङ्क्रमितहरू बाहिरबाटा घर फर्केकाहरू हुन्। आज सङ्क्रमित हुनेहरूमा तीनजना गोरुबथान खण्डबाट छन् भने एकजना अलगडा खण्डबाट रहेका छन्। उनीहरू सबैको गत 6 जुनको दिन टेस्ट गरिएको थियो भने आज पेजेटिभ रिपोर्ट आएको हो।


कालेबुङ जिल्लाको गोरोबथान खण्डबाट सङ्क्रमित हुनेहरूमा घिस फरेस्ट बस्ती, निम बस्ती अनि दालिमबाट रहेका छन्। उनीहरू एकजना चेन्नाई, दिल्ली र मुम्बईबाट घर फर्केका थिए भने हाल गोरुबथानको क्वारान्टाइन सेन्टरमा रहेका थिए। उक्त तीनैजना महिलाहरु हुन् भने यता अर्को एकजना अलगडा खण्डको गीतडाब्लिङ क्षेत्रका भने पुरुष रहेका छन । उनी पनि चेन्नाईबाट आएर हाल होम क्वारान्टाइन बसेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad