लाटालुटीलाई लण्ड्याएर वाहवाही र मत बटुल्न मात्र राजनीति होइन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 15, 2020

लाटालुटीलाई लण्ड्याएर वाहवाही र मत बटुल्न मात्र राजनीति होइन

      विचार ________________________________________ सचिन चामलिङ राई     

राजु विष्ट - 

देशका सबै राज्यहरूमा कोरोना सङ्क्रमण नियन्त्रणदेखि बाहिर गइरहेको छ। भारतीय केन्द्र सरकार होस् वा राज्य सरकार वा जुनै दलको नेता नै किन नहोस् कसैसित यस्तो आपदासित जुझ्ने अनुभव थिएन। न त तयारी नै छ।

भाजपा नेताहरू गैर भाजपा शासित राज्यहरूलाई मात्र दोष्याउने कसरतमा ओर्ल्हिएका छन्। सीसीएनमा दिइएको अन्तर्वार्ता अवधि माननीय भाजपा सांसद राजु विष्टज्यूको बयानमा बङ्गालमा मोर्टालिटी दर 4 प्रतिशतभन्दा माथि रहेको बताइएको छ अनि देशमै यो मृत्यु दर सर्वाधिक रहेको उनले ठोकुवा समेत गरेका छन्।

मोडल राज्य गुजरातको मन्त्रलाई अघि राखेर माननीय नरेन्द्र मोदी देशका प्रधानमन्त्री बनेका सर्वविदितै छ। सङ्क्रमित सङ्ख्याको सूचीमा मोडल राज्य गुजरात चौथो स्थानमा पर्छ भने मृत्यु सङ्ख्याको हिसाबले तालिकाको तेस्रो स्थानमा बनिरहेको छ। बङ्गालमा मृतहरूको सङ्ख्या 500 पुग्नै लागेको छ तर अहिलेसम्म कोरोनाले भाजपा शासित गुजरातमा मारिएका 1480 मध्ये केवल अहमदाबादका 1190 मानिसहरू सामेल छन्। अहमदाबादको मृत्यु सङ्ख्याबाट मृत्यु दर हिसाब गर्नु हो भने 6 प्रतिशत नाघ्छ। त्यसबाहेक भाजपा शासित उत्तर प्रदेश र मध्य प्रदेशको आँकड़ा पनि सन्तोषजनक छैन। राजु विष्टज्यूले यी सबै तथ्याङ्कहरूलाई अघि राखेर आरोप लगाएका भए भन्नु केही थिएन। तर बङ्गालको स्थिति मात्र भयावह हो भन्ने स्पष्टीकरण र विश्लेषण गलत हो। सबै राज्यबाट आउने आँकड़ा पब्लिक डोमेनमा छ। लाटालुटीलाई लण्ड्याएर वाहवाही र मत बटुल्न मात्र त राजनीति होइन।

गैर भाजपा दल शासित राज्यहरूको आँकड़ा पनि खराब छ। गैर भाजपा दल शासित राज्य महाराष्ट्र, दिल्ली, तमिलनाडु सङ्क्रमित र मृत्यु सङ्ख्या सूची तालिकाको शीर्षमै छन्। त्यसबाट भाजपालाई राजनैतिक लाभ पुग्ने सोच गलत हो। राष्ट्रिय आपदामा राजनैतिक लाभ मात्र उठाउने लक्ष्य राखिएको भए न्युजील्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डनले आफ्नी छोरीसित नाचेर खुशी जाहेर गर्ने अवसर पाउने थिइनन्। देशका जनतालाई सुरक्षा दिने जिम्मेवारीमा जेसिण्डा आर्डनले यस्ता यस्ता पहल गरिन् कि कोविड-19 सङ्क्रमण फैलिए पनि धेरै कम्ती जन धनको नोक्सानमा न्युजील्याण्डले पहिलो कोरोनामुक्त राष्ट्र बन्ने सौभाग्य पायो।

सार्स भाइरसको महामारीमा नै दक्षिण कोरिया, सिङ्गापुर, ताइवान आदि राष्ट्रहरू स्वास्थ्य चिकित्सा क्षेत्रमा बुनियाँदी ढाँचा र संरचनालाई विकास गर्न लागिपरेका रिपोर्टहरू सार्वजनिक प्रकाशित हुँदै आएका छन्। भाजपाको 6 साल कार्यकाल अनि अगावै दुई दुईजना भाजपा सांसद र अहिले तेस्रोपल्ट सांसद दिएको दलले पहाड़को स्वास्थ्य चिकित्सा सुविधालाई एक कञ्चीको बढ़ोत्तरी गरेका एउटै नमुना बताइदिनोस् सांसदज्यू। आरोपले कोरोना सङ्क्रमण टर्छ र?

हो बङ्गालको कोल्टे नीतिले पहाड़वासी हरेक क्षेत्रमा वञ्चित बनेकै छन्। मानिलिन्छौँ। केन्द्रको कङ्ग्रेसलाई खुल्लर; भाजपालाई जसवन्त सिंह र एस एस अहालुवालिया सांसद दिएर पनि पहाड़वासीको आङमा न्यानो घाम परेको खोइ? सर्वप्रथम बङ्गाल राज्यको सत्तामा उक्लेको कङ्ग्रेस, त्यसपछि राज्यमा सर्वाधिक सत्ता हाँकेको वाम अनि 2011 देखि राज्य सत्तामा उक्लेको तृणमूलको सरकार अवधि पनि पहाड़को स्वास्थ्य चिकित्सामा भनेको जस्तो प्रगति हुन सकेन। सही हो।

स्वास्थ्य चिकित्सा त केन्द्रको होइन तर राज्यको दायित्व भनेर भागिहाल्नु पनि हुन्छ सांसदज्यू। आरोप लगाउनै मात्र केन्द्रको दायित्व नहुनुपर्ने भन्छु म चै। महाराष्ट्रमा अजित पवारको सहयोगमा देवेन्द्र फड़णवीसको सरकार गठन गर्न रातोरात राज्यपाल अनि राष्ट्रपतिको त्वरित कारवाही साह्रै याद आउँछ। जनतालाई सहयोग गर्ने मनसाय र उद्देश्य हुनुपर्छ। सरकार ढाल्ने र बनाउने दिशामा देखाइएको शीघ्रता र प्रतिबध्दता जनतालाई न्याय दिलाउने पथमा पनि निभाइएको हुनुपर्छ। राज्य सरकारसित गरिएको केवल विरोध र आरोपले नेताको उपलब्धिलाई शून्य बनिनुपर्छ अनि जनताले त्यसको मार खप्नुपर्छ। कङ्ग्रेसका वरिष्ठ नेता अधिरञ्जन रोय चौधरीलाई सम्झना गर्छु। धेरै प्रभावशाली नेता हुन्। वहाँको पहुच र जनतालाई सहयोग पुऱ्याउने दृष्टि पनि उत्तिकै गजब छ। तर डिप्लोमेसी कमजोर। प्रदेश कङ्ग्रेस अध्यक्षबाट हात मात्र धोएनन् उनले तर कुनै योजनालाई आफ्नै समष्टिमा कार्यान्वयन गराउन विफल नै पो बन्लान् कि भन्ने आशङ्का बनिरहन्छ।

अन्तिम जानकारी यहाँ राख्न चाहान्छु। दार्जिलिङ गोर्खा हिल काउन्सिलका कम्ती लेखापढ़ा नेता थिए सीके प्रधान जसको कालेबुङमा दिनको उज्यालोमै हत्या भयो। झ्याम्ले वा भालु भनेर तिनलाई हियाइन्थ्यो। नाना प्रकारका जोक्सहरू पनि सुन्न पाइन्थ्यो उनीबारे। तर दागोपाप स्वास्थ्य विभागको उत्तरदायित्वमा रहेर तिनले गरेका कामलाई अझसम्म मैले पनि याद राखेको छु। अस्पतालहरू सफा र चिटिक्क हुन्थे। डाक्टरहरू छुट्टी जानु त परको कुरो तर जवाफदेही पक्कै हुन्थे। सीके प्रधानको सबै पक्षसित म अवगत छुइनँ। तर धेरै स्वास्थ्यकर्मीहरूसित प्रधानको कामबारे प्रश्न सोधेर जानकारी लिन चाहेको थिएँ। स्वास्थ्यकर्मीहरू उत्साहित र सचेत थिए। प्रधानको कारवाहीलाई सही हो भन्थे। प्रधानको यस पक्षलाई मात्र राखेको कारण मसित सबै पक्षबारे जानकारी र ज्ञान छैन।

तर तिनको काम अहिलेसम्म बोल्छ। काम बोल्नुपर्छ। मरिसकेपछि पनि सीके प्रधान वा झ्याम्लेलाई याद गरिन्छ नै।

मानव संसाधनलाई प्राथमिकता नदिइएकै कारण पहाड़मा एकैजना भाइरोलोजिष्ट छैन। अब पहाड़मा भाइरोलोजिष्ट चै जादुगर पीसी सरकार ल्याएर जन्माउनुपर्ने हो कि नेताहरूले विचार पुऱ्याउनुपर्ने? पहाड़ सक्षम छ अनि एक होइन धेरै भाइरोलोजिष्ट दिनसक्ने सामर्थ्य राख्छ। गोर्खापन्थी नेताहरूले पथ प्रदर्शन गरेर डोहोऱ्याउनुपर्छ। आरोपमाथि आरोप खन्याएर चुनाउ जितिरहे दुई सय वर्षमा पनि पहाड़बाट एउटै भाइरोलोजिष्ट जन्मिने छैन। लेखेर नै दिनेछु। 

No comments:

Post a Comment

Post Bottom Ad