साहित्य शृङ्खलाको आठौँ प्रकरण स्व. मदन तामङप्रति श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 22, 2020

साहित्य शृङ्खलाको आठौँ प्रकरण स्व. मदन तामङप्रति श्रद्धाञ्जली

गफसफ.com, 21 मई 2020, दार्जीलिङ ।

स्व. मदन तामङको 10औँ पुण्यतिथिमा साहित्य शृङ्खलाको आठौँ प्रकरण उनैलाई  श्रद्धाञ्जली स्वरूप प्रस्तुत गरिएको छ। वितेको 21 मई 2010 का दिन दार्जीलिङको क्लब साइटमा दिउँदै हत्य गरिएको स्व. मदन तामाङको हत्या आजसम्म पक्रा पर्न सकेको छैन। जसको कारण वितेको 10 वर्षसम्म परिवार पक्षले न्याय पाएका छैनन्। उक्त मुद्दा अहिले पनि न्यायालयमा नै लम्बित रहेको छ भने न्यायालयले हत्यारालाई कहिले सजाय दिएर आम नागरिकलाई न्याय प्रणालिप्रति आश्वास्त गराउने हुन् भन्ने प्रश्न निक्कै जटिल छ। यद्यपि आम जनताले भने न्याय प्रक्रियाका विश्वास राखेका छन्। यस्तो अवस्थामा उनै गोर्खालिग पार्टीका नेता स्व. मदन तामाङको 10 औँ पुण्यतिथिमा गफसफ-Tvद्वारा सञ्चालित साहित्य शृङ्खला कार्यक्रममा श्रद्धाञ्जली दिइएको छ। 

वैश्विक महामारीको कारण लकडाउनमा बसेका मानिसहरूलाई मानसिक राहत प्रदान गर्न गफसफ-Tv - द्वारा सञ्चालित साहित्य शृङ्खला कार्यक्रमको आठौँ प्रकरणमा चारजना युवा कविहरूले कविता वाचन गरेका छन्। रोङ्गो सिन्कोनाबगानबाट सुरज गुरुङ रोशुरी’, टिस्टा बजारबाट विशाल राई टिस्टे,’ तक्लिङबाट छेवाङ योञ्जन अनि कालेबुङबाट पुकार पारदर्शीले आ-आफ्ना कविता वाचन गरेका छन्।

स्वीकार्नुहोस् यी चार कविका कविता 

No comments:

Post a Comment

Post Bottom Ad