बज्दैछ खत्राको घण्टी : दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बडेर पुग्यो 10 - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 20, 2020

बज्दैछ खत्राको घण्टी : दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बडेर पुग्यो 10

गफसफ.com, 20 मई 2020, दार्जीलिङ ।

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण दार्जीलिङ जिल्लामा बिस्तारै फैलिने क्रम सुरु भएको छ। कोरोना सङ्क्रमण रोक्नका निम्ति देशव्यापी चलेको लकडाउनलाई सरकारले लचिलोपन अप्नाउँदै विभिन्न ठाउँहरूमा फसेका मानिसहरूलाई यात्रा गर्ने अनुमति दिन थालेपछि दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमण हुनेहरूको सङ्ख्या 10 पुगेको छ। पश्चिम बङ्गालको स्वास्थ अनि परिवार कल्याण मन्त्रालयद्वारा आज जारी गरिएको स्वास्थ रिपोर्टमा दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या 10 पुगेको उल्लेख गरेको छ।

हाल दार्जीलिङ जिल्लामा कोरोना भाइरसको सक्रिय मामिला 4 जना रहेकोपनि रिपोर्टमा उल्लेख गरिएको छ। गत 18 मईका दिन दार्जीलिङ जिल्लाको सिलगडीमा दुईजना कोरोना सङ्क्रमित भेट्टाइएपछि दार्जीलिङ जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या 9 पुगेको थियो भने हिज 19 मईका दिअ पुन: एकजना कोरोना सङ्क्रमित भेट्टाइएको रिपोर्टमा उल्लेख गरिएको छ। जसको कारण सङ्क्रमितहरूको सङ्ख्या 10 पुगेको छ।

हिज मात्रै भेट्टाइएको कोरोना सङ्क्रमित व्यक्ति कहाँका हुन् भन्ने कुरा भने रिपोर्टमा खुलाएको छैन। दार्जीलिङ जिल्लाको सिलगडी महकुमा क्षेत्रका बसिन्दाको यसभन्दा अघि एकजनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म कोरोना सङ्क्रमितहरू मध्ये 5 जना स्वास्थ भएर अस्पतालबाट छुट्टी भइसकेको छ। जसमध्ये हाल 4 जना कोरोना सङ्क्रमितहरूको उपचार चलिरहेको रिपोर्टमा बताइएको छ।

स्मरण रहोस्, यसभन्दा अघि सर्वप्रथम पहाडमा कालेबुङ जिल्लामा कोरोना सङ्क्रमण देखा परेको थियो भने पहिलो कोरोना सङ्क्रमित महिलाको मृत्यु समेत भएको थियो। त्यसपछि कालेबुङ जिल्लाबाट थप उक्त सङ्क्रमित महिलाकै परिवारबाट 6 जना सङ्क्रमित भएका थिए भने उनीहरू सबैको उपचार पछि छुट्टी समेत भइसकेको छ। कालेबुङ जिल्लामा कोरोना सङ्क्रमणको मामिला पछिल्लो समय गत 2 अप्रेल 2020 का दिन देखा परेको थियो भने हाल कालेबुङ जिल्लामा अन्य सङ्क्रमित मानिसहरूको मामिला अघि आएको छैन। तर, यता लकडाउनमा लचिलोपन देखा परेपछि भने दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमण बड्न थालेको छ। जसको कारण पहाडवासीका निम्ति पनि यस सङ्क्रमणले सबैको निम्ति खत्राको घण्टी बज्न थालेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad