कोरोना सङ्क्रमण : जीटीए अध्यक्ष अनित थापाले गरे कोरोनाको रोकथाम गर्न कालेबुङमा उच्चस्तरीय बैठक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 4, 2020

कोरोना सङ्क्रमण : जीटीए अध्यक्ष अनित थापाले गरे कोरोनाको रोकथाम गर्न कालेबुङमा उच्चस्तरीय बैठक

गफसफ.com, ४ अप्रेल २०२०, कालेबुङ। 

जीटीए अनित थापाको अध्यक्षतामा कालेबुङमा उच्चस्तरीय प्रशासनिक बैठक सम्पन्न बस्यो जसमा पुलिस आईजी, जीटीएका मुख्य सचिव, डिस्ट्रिक्ट म्याजिस्ट्रेट अनि स्पेसियल टास्क फोर्सका सदस्यहरूको उपस्थिति रहेको थियो। 

सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ हालमा कोरोना संक्रमणको लागि भयको केन्द्र भएको उल्लेख गर्दै उक्त भयलाई कालेबुङवासीको मनबाट निकालेर एकजुट भई कोरोनाविरूद्ध काम गर्नुपर्ने पनि बताए।  

कोरोनाको कारण कालेबुङमा एकजना महिलाको मृत्यु भयो। त्यसपश्चात उनका परिवार अनि घरमा काम गर्नेहरू पनि कोरोना संक्रमित भएको छ। यसले सबैमा भय छ। तर यो भयलाई हामीले सकरात्मक सोचले काट्नु पर्छ, थापाले भने।

कालेबुङमा स्वस्थ कर्मीलाई स्वाथ्य संसाधन छैन भन्ने कुरा निराधार रहेको बताउँदै थापाले कालेबुङ अस्पतालमा प्रशस्त मात्रामा मेडिकल संशाधन भएको पनि दावी गरे। थापाले बताएअनुसार, यस समय कालेबुङ अस्पतालमा एक जहार पीपीई ( Personal Protection Equipment) रहेको छ भने केही दिनमा अझै थप एक हजार पीपीई , पन्ध्र हजार ग्लोब्स, बाह्र हजार मास्क उपलब्ध गराइनेछ। यसबाहेक अस्पतालका सबै कर्मचारीहरूलाई सुरक्षा कवच पनि दिइनेछ। यसबाहेक पुलिसलाई पनि 1 हजार पीपीई, ग्लोब्स, मास्क आदि उपलब्ध गराइने अनि ड्युटीमा रहेका बेला खानाको सुविधा पनि दिइने पनि जीटीए अध्यक्षले बताएका छन्। 

आजको सभामा मुख्यरूपले सबै मानिसहरूलाई घरभित्रै बसिदिने र कालेबुङ जिल्ला अस्पताललाई प्रशस्त संशाधनहरू उपलब्ध गराइने विषयमा कुराकानी भएको पनि थापाले बताएका छन्। यसबाहेक
जीटीए मुख्य सचिवको कार्यालयमा कोरोना सूचना केन्द्र सेटअप गरिएको तथा अबउसो प्रत्येक दिन त्यस कार्यालयबाट हेल्थ बुलेटिन प्रसार गरिने पनि थापाले सभापछि बताए। बुलेटिनको निम्ति सम्पर्क व्यक्तिको नाम चाँडै जनहितमा सार्वजनिक गरिने र त्यतिञ्जेलसम्मको निम्ति जीटीए अध्यक्ष अनित थापा स्वयँले नै बुलेटिन प्रसार गर्ने पनि उनले बताए। यसबाहेक आजको सभामा पारित गरिएको प्रस्तावहरू अनुसार अबउसो राती ७ बजे देखि गाडीको आवत जावतमा रोक लगाइने, गोसखानहरू तुरन्तै बन्द गरिने आदि पनि थापाको भनाइ छ। 

हाम्रो मानसिकता परिवर्तन गर्नु पर्छ। हामीले हाम्रो मानवता हरायौ भने यो लडाइ लड्नु सक्दैनौं। हामीले यो लडाइ मानवताले जित्नु पर्छ। कोरोना देखी सरकारले होइन, आफैले बचाउनु पर्छ- जीटीए अध्यक्ष अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै यसो पनि भने।

No comments:

Post a Comment

Post Bottom Ad