कालेबुङमा कोरोना संकट: ऐलेसम्म 11 सङ्क्रमित, एकको मृत्यु 10 जना आइसोलेसनमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 3, 2020

कालेबुङमा कोरोना संकट: ऐलेसम्म 11 सङ्क्रमित, एकको मृत्यु 10 जना आइसोलेसनमा

गफसफ.com, ३ अप्रेल २०२०, कालेबुङ।  
दार्जीलिङ पहाडको कालेबुङ जिल्लामा वैश्विक महामारी कोरोना सङ्क्रमणको मामिला एकपछि अर्को गर्दै बडीरहेको छ। कोरोना सङ्क्रमित महिला सुनिता देवीको मृत्युपछि उनकै परिवारका सदस्यहरू कोरोना सङ्क्रमित बनिरहेका छन्। जसको कारण उक्त परिवारका सदस्यहरूसँग सम्पर्कमा रहेका मानिसहरूलाई पनि कोरोना सङ्क्रमणको खत्रा बडेको छ।
मृतक सुनिता देवीकै सम्पर्कमा आएका उनकै परिवारका 5 जना अनि उनकै घरमा कार्य गर्ने एकजनालाई गरेर मोठ 6 जनालाई कोरोना सङ्क्रमित पुष्टि भएको छ। उनीहारूको नमुना कोलकोताको NICED मा जाँच गर्दा कोरोना सङ्क्रमित पुष्टि भएपछि आज उनीहरू सबैलाई सिलगडी उपचारको निम्ति लगिएको छ। जहाँ 3 वर्षिय नाबालिकलाई समेत कोरोना सङ्क्रमित भएको छ। आज सिलगडी लगिएकाहरूमा तीनजना नारी छन् भने दुईजना पुरुष रहेका छन् अनि एकजना नाबालिक छन्।
यता कालेबुङमा एकपछि अर्को कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या बडेपछि कालेबुङवासीको साथमा उभिन आइपुगेका जीटीए बोर्ड अध्यक्ष अनित थापाले कालेबुङमा आवश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउने कार्य आरम्भ गरेका छन्। बिहिबार कालेबुङ आइपुगेका थापाले जिल्लापाल, स्वास्थ्य अधिकक्ष, नगरपालिका अध्यक्ष आदिसँग प्रशासनिक वैठक गरेर सम्पूर्ण अवस्थाको जानकारी लिएका छन् भने आजदेखि आवश्यक सामाग्रीहरू आपुर्ति पनि सुरु गरेका छन्। 

“कालेबुङ जिल्लाको स्वास्थ केन्द्रहरू मा स्वस्थ्य उपकरणको आपूर्ति गराउनु नै मेरो मुख्य उद्देश्य हो”- अनित थापा  
‘म कालेबुङमा ४० बेडको क्वारेन्टाइन केन्द्रको सञ्चालनको निगरानीको लागि मात्र आएको होइन। हिजो मात्र CMOH को क्वाटर परिसरमा क्वारेन्टाइन केन्द्रको व्यवस्था सुरू भएको छ। आउँदो २-३ दिनमा नै यो सेवा हामी पूर्ण रूपमा परिचालन गर्न सक्छौं भन्ने आशा गरेको छु। म तपाईँलाई विश्वास दिलाउनु चाहन्छु कि जब सम्म यो सेवा परिचालन हुँदैन म कालेबुङ छोड्ने छैन’ अनित थापाले भनेका छन्।  
यसक्रममा थापाले जीटीए क्षेत्रमा उपलब्ध स्वास्थ्य संसाधन विषयमा आफु गम्भीर रहेको बताउँदै दार्जीलिङ अनि कालेबुङ दुवै जिल्ला अस्पतालहरू वर्तमान समयमा संकटको सामना गर्न सक्षम रहेको दाबी गरेका छन्। ‘तपाईँहरूलाई जनाउनु चाहन्छु दुइटै जिल्ला अस्पताल वर्तमान संकट सामना गर्न सक्षम छ। अस्पतालमा पर्याप्त मात्रामा PPE उपलब्ध छ’ अनित थापाले भनेका छन्। 
‘आज म कालेबुङका प्रत्येक ब्लक स्वास्थ्य केन्द्र अनि क्वारेन्टाइन केन्द्रका लागि थर्मल बडी इसक्यानर पठाउँदैछु। साथै सिनकोना बगानको ४ वटा अस्पतालमा पनि चाँडै थर्मल बडी इसक्यानर उपलब्ध गराउँदैछु। तुरन्तै जीटीए क्षेत्रका अन्य ब्लक स्वास्थ्य केन्द्रमा पनि स्क्यानर उपलब्ध हुनेछ। कालेबुङ जिल्लाको स्वास्थ केन्द्रहरू मा स्वस्थ्य उपकरणको आपूर्ति गराउनु नै मेरो मुख्य उद्देश्य छ’ अनित थापाले भनेका छन्।
उनले आज पूर्व विधायक अमर सिंह राई मार्फत PPE पाएको जानकारी दिँदै उहाँले आफ्नो विधायक पेन्सन बाट ६ महिनाको पेन्सन PPE किन्न अनुदान दिएको पनि जानकारी दिएका छन्। ‘उहाँले कालेबुङ को संकट देखेर,  कालेबुङ जिल्लाको स्वास्थ्य केन्द्रमा प्रथम उपलब्ध गराउने इच्छा जाहेर गर्नु भयो।  जीटीए-ले दुई जिल्लाको निम्ति ७०० PPE को अर्डर दिएको छ जुन आउँदो सप्ताह सम्ममा आइपुग्ने छ’ अनित थापाले जानकारी दिएका छन्। 
उनले हालमा स्वस्थ उपकरणहरुको आपूर्ति यस समय कठिन भएको बताउँदै विश्वमा नै यो समस्या रहेको बताएका छन्। ‘स्वास्थ्य विभाग अनि जीटीए प्रसाशन यी संसाधन आपूर्ति गराउनु २४ घण्टा लागि परेको छ। यी उपकरण यस समय जीवन दान दिने उपकरण साबित भएको छ। यसको होसियारी सित काममा लगाउनुहोस। उपकरणले मात्र रोगीको ज्यान बचाउँदैन। डाक्टर, नर्स, स्वास्थ कर्मी पनि महत्वपूर्ण कडी हुन्। त्यसर्थ प्राइभेट अस्पताल, क्लिनिक, नर्सिङ होममा कार्यरत डाक्टरलाई अपिल गर्दछु, हजुरहरू पनि GTA को महामारी विरुद्धको यो संग्राममा आफ्नो हात बढाउनु होस एउटा स्वयं सेवी भएर’ उनले भनेका छन्। 
थापाले सङ्कटको अवस्थामा अग्रपंक्तिमा उभिएर कार्यरत सम्पूर्ण स्वस्थ कर्मीलाई आभार प्रकट पनि गरेका छन्। ‘ग्राउन्ड जिरोमा काम गर्नु सजिलो छैन अनि स्वस्थकर्मीका माता पिता, अभिभावकहरुलाई पनि म हृदय बाटनै धन्यवाद दिन्छु। कालेबुङ, ग्राउन्ड जिरो, हाम्रो निम्ति प्रमुख हो।  भोलि GTA का मुख्य सचिव सुरेन्द्र गुप्ता पनि कालेबुङमा हाम्रो साथमा हुनु हुनेछ’ अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad