कोरोना सङ्क्रमण : जीटीए अध्यक्ष अनित थापा कोरोना विरुद्ध लड्न आइपुगे कालेबुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 2, 2020

कोरोना सङ्क्रमण : जीटीए अध्यक्ष अनित थापा कोरोना विरुद्ध लड्न आइपुगे कालेबुङ

गफसफ.com, २ अप्रेल २०२०, कालेबुङ।  
कालेबुङमा कोरोना सङ्क्रमित महिलाको मृत्युपछि उनकै परिवारका चार सदस्य कोरोना सङ्क्रमित पुष्टि भएपछि कालेबुङमा मानिसहरू त्रसित बनेका छन्। कोरोना भाइरसको आतङ्कलाई परास्त गरेर सम्पूर्ण स्वास्थ्य सेवा दुरुस्त पार्नका निम्ति जीटीए बोर्ड अध्यक्ष अनित थापा कालेबुङ आइपुगेका छन्। उनी आज कालेबुङ आएर आपदको समयमा आफु कालेबुङवासीको साथमा रहेको सन्देश दिएका छन्।
‘जनताको दुखमा नेता जनतासंगै उभिन पर्छ, क्राइसिसको समयमा नेताले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’ कालेबुङ आएका अनित थापाले भने। उनी कालेबुङ आइपुग्न साथ जिल्लापाल आर भिमलासंग एक प्रशासनिक बैठक गरे। वैठकमा उनले कालेबुङ जिल्लामा कोरोना सङ्क्रमण अनि यसबारे बचाउका उपकरणहरू बारे जानकारी लिए।
बैठकपछि उनले कालेबुङ जिल्ला अस्पताल  परिसरमा बनिन्दै गरेको क्वारान्टाइन सेन्टर भ्रमण गर्दै कोरोनाको सङ्क्रमणसँग जुझ्न के कस्तो कार्य भइरहेको छ सो जायजा लिएका छन्। सङ्क्रमणको प्रारम्भिक लक्ष्ण देखिएका बिरामीहरुलाई यदि डाक्टरले एकलवासको सुझाव दिए उनीहरुलाई राख्नको निम्ति सबै प्रकारको सुबिधा मिलाइएको उनले बताएका छन्। कालेबुङ आइपुगेका थापाले स्वास्थ्यकर्मीहरूका निम्ति आवश्यक सामाग्रीहरू पनि ल्याएर आएका छन्। 
कालेबुङको एक महिलाको मृत्युपछि यहाँको जनताको मनमा एक प्रकारको डर रहेको छ। कालेबुङलाई कोरोनाको एपिसेन्टर मानिरहेका छन्। वास्तविकरुपमा त्यस्तो डराउनुपर्ने परिस्थिति नरहेको उनले बताएका छन्। कालेबुङे जनताले सङ्क्रमणसँग लड्न अघि मनको डरलाई हटाएर आत्मबल दह्रो बनाउनुपर्ने उनले सुझाएका छन्। थापाले जिल्लापाल पछि र कालेबुङ नगर अध्यक्ष रवी प्रधानसंग पनि वैठक गरेर परिस्थितिको जायजा लिएका छन्। यसक्रममा उनी केही दिनसम्म कालेबुङमा बसेर कोरोना सङ्क्रमण विरुद्ध लड्ने बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad