कोरोना भाइरसलाई जितेर कालेबुङका 10 मध्ये 6 जना फर्किए घर; भने –“हामीले नयाँ जीवन पाएका छौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 12, 2020

कोरोना भाइरसलाई जितेर कालेबुङका 10 मध्ये 6 जना फर्किए घर; भने –“हामीले नयाँ जीवन पाएका छौँ’

गफसफ.com, १३ अप्रेल २०२०, कालेबुङ।
कालेबुङका कोरोना सङ्क्रमित बिरामीहरू एकपछि अर्को स्वास्थ्य बनेर घर फर्किरहेका छन्। विश्वमा आतङ्क मच्चाएको कोरोना भाइरसलाई पराजित गरेर उनीहरू अस्पतालबाट स्वास्थ्य भएपछि घर फर्किएका हुन्। कोरोना सङ्क्रमणकै कारण मृत्यु भएकी सुनिता देवी सिंहकी सम्पर्कमा आएका उनकै परिवारका 10 जना सदस्यहरू मध्ये 6 जना पूर्णरूपले स्वास्थ्य बनेर घर फर्किएका छन्। अब केवल 4 जना मात्रै अस्पतालमा रहेका छन् भने उनीहरू पनि चाँडै कोरोनालाई पराजित गरेर घर फर्कने सबैले अपेक्षा साँचेका छन्।
File Photo
कालेबुङ जिल्लामा पहिलोपल्ट कोरोना सङ्क्रमित भएपछि मृत्यु भएकी सुनिता देवी सिंहकी सम्पर्कमा आएका उनकै परिवारका  चारजना सदस्यलाई पहिला कोरोना सङ्क्रमित भेट्टाइएको थियो। त्यसपछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो भने अन्य सदस्यहरूलाई क्वारान्टाइनमा राखिएको थियो। जहाँ पछिबाट 5 जना घरका सदस्य अनि 1 जना घरेलु कार्य गर्नेलाई कोरोना सङ्क्रमित भेट्टाइएको थियो। त्यसपछि उनीहरूलाई पनि सिलगडीमा अस्थायी रूपले कोभिड अस्पताल बनाइएको डा. च्याङको अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उनीहरूको उपचार पछि स्वास्थ्य बनिएका हुन्। अहिलेसम्म 10 जना सक्रमित मध्ये 6 जना स्वास्थ्य भइसकेका छन् भने अब 4 जन स्वास्थ्य बनेर घर फर्कनु बाँकी रहेको छ।
कोरोना भाइरसलाई परास्त गरेर अस्पतालबाट घर फर्किएपछि बिजय सिंहले टेलिफोनिक कुराकानी गर्दै ‘हामीले नयाँ जीवन पाएका छौँ’ भनेका छन्। उनले आफुहरूले घरका एकजना सदस्य गुमाउनु परेको पीँडा हुँदा हुँदै पनि विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरससँग आफुहरूले लडेर विजय हासिल गरेर नयाँ जीवन पाएको बताएका हुन्।
‘मान्छेले जन्म लिएपछि सुख दुख दुवै साथमा लिएर आएकै हुन्छ। हाम्रो परिवारका निम्ति यो दुखको घडी हो। हामीले हाम्रो परिवारबाट काकीलाई गुमायौ जो कहिल्यै पुरा गर्न सक्दैनौँ। त्यसपछि हामीमा जुन प्रकारको परिस्थिति आयो अनि हामीले आफैले आफुहरूलाई सकारात्मका सोँच बनाएर अघि बड्यौँ। मान्छेले कोरोना लागेपछि अब बाँच्दैनौँ भन्ने सोँच्छन् होला वास्तवमा त्यो ठूलो भूल हो। हामीले यो कोरोनालाई जित्छौँ भने सकारात्मक सोँच्यौँ अनि आज जितेर घर फर्कन सकेका छौँ’ बिजय सिंहले भने।
उनले कोरोनालाई पराजित गर्ने मध्ये आफ्नो पिता जो किड्नीको बिरामी रहेको बताउँदै यो कोरोना भाइरसलाई सकारात्मक सोँच बनाउन सके सबैले परास्त गर्न सक्ने पनि बताएका छन्। ‘कोरोना भाइरस लागेपछि धेरै मानिसहरूले सुझावहरू दिन्छन्। त्यसमध्ये मेरो आफ्नो व्यक्तिगत विचार अनुसार हो भने तपाईँले जे गर्दा राहत अनुभव गर्नुहुन्छ त्यो नै गर्नु उचित ठहर्दछ। यदि योगा गर्नुहुन्छ अथवा तातो पानीको वाफ लिनुहुन्छ वा कुनै अरू कार्य गर्दा तपाईँले आफैलाई राहत अनुभव गर्नुहुन्छ भने कोरोना भाइरससँग लड्न त्यो नै तपाईँको निम्ति सही हो। आफुलाई पोजेटिभ राख्नु आवश्यक छ अनि यसको निम्ति तपाईँले जे गर्दा आफुलाई सहज अनुभव गर्नुहुन्छ भने त्यो सर्वोत्तम हो अनि त्यसै गर्ने सुझाव दिँदछु’ बिजय सिंहले भने।
बिरामीसँग लड्नका निम्ति मानसिक रूपले तयारी हुन आवश्यक रहेको भन्दै ‘कोरोनालाई हामी जित्नेछौँ भन्ने मानसिक रूपले हामी तयार भएकै कारण आज जाती भएका हौँ’ उनले अझ भने। आफ्नो परिवारबाट काकी बितेपछि आफुहरू मानसिक आघातमा हुँदा हुँदै पनि आखिरमा अरू सदस्यहरू पनि कोरोना पोजेटिभ हुँदा सबैभन्दा पनि मानसिक रूपले आफुहरू यो बिरामीलाई परास्त गर्न तयारी भएको कारण नै आज स्वास्थ्य हुन सकेको पनि थप बताएका छन्।
‘विश्वभरी अहिले लकडाउअ चल्दैछ। सबैले घर भित्र बस्नु, बारम्बार हात धुनु, सामाजिक दुरी बनाउनु भन्ने सुझाव दिइरहेका छन्। यस्तो अवस्थामा म सबैलाई पीडित भएको अनुभव गरेपछि कृपया घरभित्रै बस्ने अनि एकार्कमा दुरी बनाएर बस्ने आग्रह गर्दछु। यो सबैले मान्नु पर्छ तब मात्र हामी कोरोना भाइरसलाई जित्नेछौँ’ बिजय सिंहले भने। उनले आफ्नो घरका सदस्यहरू जति पनि कोरोना पोजेटिभ निस्किए उनीहरू सबै काकीको सोझो सम्पर्कमा नआएको स्पष्ट पार्दै ‘यो भाइरस कहाँ अनि कसरी एकार्कमा सर्दैछन् भन्ने पत्तो पाउन गाह्रो छ। यसकारण सबैले एकार्कमा सम्पर्कमा आउने कार्य नगर्नु उचित हुनेछ’ भने।
‘यो भाइरस कसैलाई नलागोस् भन्ने मेरो प्रार्थना छ। किन भने यो बिरामीले सबैभन्दा धेर मानसिक आघात् पुग्छ’ उनले भने। यसक्रममा उनले सुरुको दिनमा आफुहरू स्वास्थ्य कर्मीहरूको व्यवहारसँग सन्तुष्ट नरहेको बताउँदै पछिबाट बिस्तारै त्यो सबै स्वाभाविक हुनु थियो भनेका छन्। ‘हामीले जब उनीहरूको ठाउँमा आफैलाई राखेर हेर्‍यौँ तब त्यो सबै ठिकओ लाग्यो। सायद म आफै एकजना कोरोना लागेको मान्छेलाई हेर्न परे त्यस्तै व्यवहार गर्नेथिएँ होला। यसकारण जे भयो त्यो स्वाभाविक हो भन्ने लागेको छ’ उनले भने।
उनले आफुहरू स्वास्थ्य बनेर घर फर्कनमा सम्पूर्ण पक्षबाट सहयोग प्राप्त भएको पनि बताएक छन्। यसक्रममा उनले जीटीए बोर्ड अध्य अनित थापा, गोजमुमो अध्यक्ष विनय तामङको नाउँ नै लिएर उनीहरूले आफुहरूलाई धेरै सहयोग गरेको बताए। उनीहरूको सहयोगको कारण आफुहरूले प्रशासनबाट पूर्ण सहयोग पाएको अनि अस्पतालबाट पनि सहयोग पाएपछि आज स्वास्थ्य हुन सकेको स्पष्ट पारेका छन्। अब आफ्ना चारजना सदस्य अस्पतालमा रहेको बताउँदै उनीहरू पनि चाँढै घर फर्कने उनले बताएका छन्। ‘उनीहरूको जाँचको रिपोर्ट आएको छैन। हाल अस्पतालमा सबै ठिकै छन्। जाँचको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू घर फर्कनेछन्’ उनले भने। यसक्रममा उनले पुन: आफुहरूका निम्ति प्रार्थना गर्दिने अनि सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad