कोरोना सङ्क्रमण: कालेबुङ शहरमा दूध सर्वराह भोलिदेखि बन्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 29, 2020

कोरोना सङ्क्रमण: कालेबुङ शहरमा दूध सर्वराह भोलिदेखि बन्द

गफसफ.com, २९ मार्च २०२०, कालेबुङ। 

वैश्विक महामारी कोरोना भाइरसले कालेबुङकी एक महिला सङ्क्रमित भएपछि भोलिदेखी दूध व्यापारीहरूले कालेबुङ शहरमा दूधको सर्वराह बन्द राख्ने भएको छ। कालेबुङ जिल्लाको पैयुङ-दलपचन्द क्षेत्रबाट शहरमा दैनिक आपूर्ति गरिने दूध सर्वराह भोलिदेखी कोरोना सङ्क्रमणको खत्रालाई ध्यानमा राखेर वाहनका चालकहरू नबोक्ने निर्णय लिएका छन्। 

यसबारे दैनिक दूध बोक्ने वाहनका चलकहरू क्रमैले कन्चन खतिवडा, गोपाल छेत्री, गुप्त राई, किशोर छेत्री आदिले जानकारी दिएका छन्। कालेबुङ शहरको १० माइल, सीके चौक बाघधारा, थानाडाँडा लगायत अन्य ठाउँहरूमा दैनिक बिहान दूध सर्वराह गर्ने पैयुङ-दलपचन्द क्षेत्रका दूधवाला अनि वाहनका चालकहरूले आफ्नो स्वास्थ्यमा कोरोनाको सङ्क्रमण भए भयानक हुने भएकोले उक्त निर्णय लिएको बताएका छन्। 

स्मरण रहोस्, देशव्यापी २१ दिने लकडाउनको अवधी आवश्यक खाद्य सामाग्रीहरूको सूचीमा परेको दूध बिक्री वितरणमा छुट रहेको छ। तर, शनीबार कालेबुङ शहरकै एक महिला कोरोना सङ्क्रमित पुष्टि भएपछि दूध बोक्ने वाहनका चालक अनि दूध बिक्रेताहरूले कुनै जोखिम नउठाउने भएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad