कालेबुङको पहिलो कोरोना भाइरसले सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 29, 2020

कालेबुङको पहिलो कोरोना भाइरसले सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु

गफसफ.com, ३० मार्च २०२०, कालेबुङ। 
कालेबुङको पहिलो कोरोना भाइरसले सङ्क्रमित महिला सुनिता देवी सिंहको मृत्यु भएको छ। आज बिहान 2:30 बजे उनको उपचारको क्रममा सिलगडीको नर्थ बङ्गाल मेडिकल कलेज एवम्  अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ। शनीबार उनी सङ्क्रमित बनेको पुष्टि भएको थियो भने आज बिहानीपख उनको मृत्यु भएको पारिवारिक सुत्रबाट जानकारी प्राप्त भएको छ। 
File Photo
उनको मृत्यु पछि कालेबुङमा झनै मानिसहरूमा कोरोना भाइरसको आतङ्क बडेको छ। किन भने सङ्क्रमित महिलाले कालेबुङमा आफ्नो स्वास्थ्य बिग्रेपछि सर्वप्रथम डा. जी.एम देलाई स्वास्थ्य जाँच गराएकी थिइन्। सुख्खा खोक्कीको कारण उनले जाँच गराए पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन। पछिबाट डा. कै परामर्श अनुसार उनले सिलगडीको एउटा जाँच केन्द्रमा आवश्यक टेस्टहरू समेत गरेकी थिइन्। सोहीक्रममा उनी उत्तरबङ्गाल मेडिकल एवम् अस्पतालमा भर्ना भइन् जहाँ उनी कोरोना पोजेटिभ पुष्टि भएको हो।
उक्त महिला कोरोना सङ्क्रमित भएको पुष्टि हुनसाथ उनलाई जाँच गर्ने कालेबुङका डा. जी.एम दे आफै होम क्वारान्टाइनमा बसेका छन् भने सङ्क्रमित महिलाको सम्पर्कमा आउने अन्य 12 जनालाई जिल्ला प्रशासन र पुलिस प्रशासनको निगरानीमा दिशा सेन्टरमा 14 दिनको क्वारान्टाइनमा राख्ने कार्य भएको छ।
सङ्क्रमित महिला सुनिता देवी सिंहको मृत्यु पछि सबै भन्दा चिन्ता कालेबुङका जिल्ला अस्पतालमा पनि बडेको छ। किन भने उनलाई जाँच गर्ने डा. जीएम दे-ले कालेबुङ जिल्ला अस्पतालका बिरामीहरूलाई पनि जाँच गरेका छन्। यदि डा. आफै सङ्क्रमित भए कालेबुङमा कोरोना भाइरसको सङ्क्रमित हुनेहरूको सङ्ख्या बड्ने सस्म्भावना बडेको छ।
वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको बड्दो सङ्क्रमणलाई रोक्न भारत सरकारले देशव्यापी 21 दिनको लकडाउन गरिसकेको छ। यस्तो अवस्थामा हामी गफसफ.com- को पक्षबाट सबैलाई आफ्नै घरमा बस्ने अपिल गर्दछौँ। स्वास्थ्य जीवन बाँच्न र आफ्नो परिवारलाई बचाउन यतिबेला आफु घरभित्र बस्नु मात्रै सुरक्षित रहने सर्वोत्तम उपाय हो। यसकारण एकार्कमा सामाजिक दुरत्व बनाए सम्पूर्ण मानिसहरू घरभित्र बसिदिने आह्वान गर्दछौँ। 

No comments:

Post a Comment

Post Bottom Ad