जीटीए रिलिफ फण्डमा जीटीएका कर्मचारीवर्गले आफ्नो वेतनबाट 5 सय रूपियाँ सहयोग गर्ने घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 25, 2020

जीटीए रिलिफ फण्डमा जीटीएका कर्मचारीवर्गले आफ्नो वेतनबाट 5 सय रूपियाँ सहयोग गर्ने घोषणा

गफसफ.com, २५ मार्च २०२०,दार्जीलिङ
जीटीए अधिनस्थ रहेका कर्मचारीवर्गले कोरोना भाइरसको सङ्रक्रमण विरुद्ध लड्न जीटीएले गठन गरेको रिलिफ फण्डमा प्रतिव्यक्ति 5 सय रूपियाँ सहयोग राशी दिने घोषणा गरेको छ। युनाइटेड इम्प्लोई एसोसिएसन, केन्द्रिय समितिका अध्यक्ष देवप्रकाश खवासले यसबारे जीटीए बोर्ड अध्यक्षलाई पत्रचार गरेर जानकारी गराएका छन्।

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुझ्न जीटीए बोर्डले भर्खरै ‘जीटीए चियरमेन रिलिफ फण्ड’ गठन गरेको छ। विशेष गरेर कोरोना भाइरसको बड्दो खतरालाई मध्यनजर राखेर देशव्यापी लकडाउन सुरु भएपछि दार्जीलिङ पहाडका चियाश्रमिकहरू सबैभन्दा धेर पीडित बन्न सक्छन् भने जीटीए बोर्ड अध्यक्ष अनित थापाले उक्त रिलिफ फण्ड मार्फत् कोष सङ्ग्रह सुरु गरेका छन्। जसको माध्यबाट चिया श्रमिकहरूलाई आर्थिक सहयोग दिनु रहेको छ।
जीटीएले चिया श्रमिकहरूका हितमा गठन गरेको उक्त रिलिफ फण्डमा सर्वप्रथम जीटीए अधिनस्थ रहेका कर्मचारीवर्ग नै अघि आएका छन्। सम्पूर्ण कर्मचारीवर्गले आफ्नो यस महिनाको मासिक वेतनबाट उक्त रिलिफ फण्डमा 5 रूपियाँ कटौती गरेर सङ्ग्रह गर्ने पत्र लेखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad