भारतमा कोरोना भाइरस सङ्क्रमितहरू सङ्ख्या ५३६, मर्नेहरूको सङ्ख्या ११; आजदेखि 14 अप्रेलसम्म देशव्यापी लकडाउन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 24, 2020

भारतमा कोरोना भाइरस सङ्क्रमितहरू सङ्ख्या ५३६, मर्नेहरूको सङ्ख्या ११; आजदेखि 14 अप्रेलसम्म देशव्यापी लकडाउन

गफसफ.com, २५ मार्च २०२०,नयाँ दिल्ली ।
वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले भारतमा 11 जनाको मृत्यु भएको छ। तामिलनाडुमा एकजना कोरोना भाइरसको सङ्क्रमित व्यक्तिको मृत्यु सँगै देशमा मर्नेहरूको सङ्ख्या 11 पुगेको हो।

यता उक्त सङ्क्रमणको चपेटमा पर्नेहरूको सङ्ख्या पनि दिनोदिन वृद्धि भइरहेको छ। देशभरीमा अहिलेसम्म 536 जना कोरोना भाइरसको सङ्क्रमणले सङ्क्रमित भएका छन्। उक्त महामारीलाई रोक्नका निम्ति आजदेखि भारत पूर्णरूपले 21 दिनव्यापी लकडाउन भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वैश्विक महामारी कोरोना भाइरसँग लड्नका निम्ति आगामी 14 अप्रेलसम्म देशव्यापी लकडाउनको घोषणा गरेका छन्।
प्रधानमन्त्री मोदीले मङ्गलबार राती 8 बजे देशलाई सम्बोधन गर्दै 21 दिन देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। कोरोना भाइरसलाई विश्वमा स्वास्थ्यको क्षेत्रमा अघिल्लो पङ्क्तिमा आउने देशहरूले समेत रोक्न नसकेको अवस्थामा यदि भारतमा आज नै महामारीको रूपमा फैलिन अघि नै रोक्न नसके यसको परिणाम भयानक हुने भन्दै सम्पूर्ण देशवासी सचेत बनेर 21 दिनसम्म घरदेखि बाहिर ननिस्कने आह्वान गरेका छन्।
‘यो 21 दिन सबैको निम्ति महत्वपूर्ण छ। हामीले 21 दिनसम्म सचेत बनेर कोरोना भाइरसँग लड्न सचेत बनेनौँ भने यसले देशलाई नै 21 वर्ष पछि पुर्‍याउँछ। यतिमात्रै होइन देशमा कतिपयको परिवार पूर्णरूपले समाप्त समेत हुनेछ। यसकारण देशवासी आफ्नो जिम्मेवारी बुझेर 21 दिन हुने लकडाउनमा घरभित्रै बस्नुहोस्’ प्रधानमन्त्री नरेन्द्र मोदीले भने।
उनले अन्य देशहरूमा कोरोना भाइरसको सङ्क्रमणले मानिसहरूको दैनिक मृत्यु भइरहेको अवस्थालाई हेरेर त्यहाँबाट नै शिक्षा लिएर यसलाई महामारीको रूपमा फैलिन अगावै रोक्न आवश्यक रहेको स्वास्थ्य विशेषज्ञहरूको सल्लाह अनुसार नै उक्त पहल गरेको पनि बताएका छन्। ‘तपाईँहरू अहिले देशको जुन ठाउँमा हुनुहुन्छ त्यहाँ नै बस्नुहोस। सरकारले खानेकुरा सबैको व्यवस्था गर्नेछ’ प्रधानमन्त्री मोदीले आश्वस्त गराउँदै भने।
मानिसहरू यात्रा गर्दा कोरोना भाइरसको सङ्क्रमण बड्ने सम्भावना व्यापक भएको कारण सबै सचेत बन्ने आह्वान गरेका छन्। उनले यो 21 दिनव्यापी लकडाउन एकप्रकारको कर्फ्य नै हो भन्दै ‘जनता कर्फ्यु भन्दा एककदम अघाडी हो’ समेत भनेका छन्। कतिपय मानिसहरूले यस सङ्क्रमणलाई खेलाइँची सम्झेको भन्दै यस्तो सोँच्नु भूल रहेको अनि यसले आफु र आफ्नो परिवारसँगै देशको निम्ति खत्रा हो भनेका छन्। 

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा के-के भने पढ्नुहोस् -

No comments:

Post a Comment

Post Bottom Ad